२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न बुद्धमंगल तालमा डुङ्गा शयरको व्यवस्था

२०८० बैशाख ९, शनिबार प्रकाशित ( साल अघि) ४०५ पाठक संख्या

परासी, ९ वैशाख । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित ऐतिहासिक बुद्धमंंगल तालमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि आजदेखि डुङ्गा शयरको व्यवस्था गरिएको छ । तालमा आउने पर्यटकलाई लक्षित गरि आजदेखि सञ्चालनमा आएको खुट्टाले चलाउने डुङ्गा सेवाको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले उद्घाटन गर्नुभयो ।
नगर प्रमुख श्रेष्ठले नगरभित्रका ऐतिहासिक, धार्मिक सम्पदाहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गरि प्रर्वद्वन गर्न नगरपालिका अघि बढेको बताउनुभयो । बढ्दो शहरिकरण सँगै कोलाहल बातावरणबाट मुक्त हुन र रमणीय शान्त वातावरणमा रमाउन आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि यो ताल गनतव्य स्थल हुने उहाँको विश्वास थियो । आगामी बजेटमा समेत नगरभित्रका सम्पदाहरुलाई प्रदेश तथा संघीय सरकारको सहयोगमा विकासका निम्ति बजेट विनियोजन गर्न पहल गर्ने नगर प्रमुख श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बुद्धमंगल तालको सौन्दर्यकरणका लागि नगरपालिकाले पहल गर्दै आएको छ । चालु आर्थिक बर्षमा नगरपालिकाले नमूना वडा बनाउने अभियान अन्र्तगत सो वडालाई रु २५लाख विनियोजन गरेको थियो । सोही बजेटबाट वडाले बुद्धमंगलतालको सरसफाइ तथा सौन्दर्यकरणको कार्यलाई निरन्तर अघि बढाएको नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभयो । अब यो आउने पर्यटकहरुले डुङ्गा शयरको आनन्द लिन सक्ने उहाँले उल्लेख गर्नुभयो ।
वडाले विगतदेखि नै सो तालको सरसफाइ र पर्यावरणिय सुन्दरताका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको वडाअध्यक्ष उमाशंकर चौधरीले जानकारी दिनुभयो । बर्दघाट नगर भित्र रहेको यस तालले वडा, नगर मात्रै नभएर समग्र जिल्लाको परिचय बोक्ने सम्भावना रहेको वडाअध्यक्ष चौधरीको भनाई थियो । कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय, ताल संरक्षण समितिका जयबल्लबभ पाठक लगायतले तालको संरक्षणको बारेमा चासो व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस