२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

लक्ष्मीनारायण टोल विकास संस्थाको साधारणसभा र अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः घिमिरे

२०७९ आश्विन १०, सोमबार प्रकाशित ( साल अघि) ३८० पाठक संख्या

परासी, १० असोज । लक्ष्मी नारायण टोल विकास संस्था रामग्राम ३ परासीको १३ औँ साधारणसभा एवं पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनःविकास घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा शैलेन्द्र मिश्रा,उपाध्यक्षमा कमला उपाध्याय, सचिवमा गणेशराज रेग्मी,सहसचिवमा विष्णु श्रेष्ठ, कोषाध्यक्षमा देवेन्द्रमान सिंह बस्नेत, वरिष्ठ सदस्यमा ओमप्रकाश तिवारी,सदस्यमा लक्ष्मी श्रेष्ठ, गणेश कुमारी चौधरी, श्यामप्रसाद पन्थ, सुरेन्द्र दवाडी चयन हुनुभएको अध्यक्ष घिमिरेले बताउनुभयो ।
टोल विकास संस्थाका अध्यक्ष विकास घिमिरेको अध्यक्षता तथा वडा नं. ३ का वडा अध्यक्ष उज्वल न्यौपाने(बेबीं)को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा निवर्तमान कार्यबाहक वडा अध्यक्ष सुरज पाण्डेय,संगम टोल विकास संस्थाका अध्यक्ष खगेश्वर पन्थी, मालटोल टोल विकास संस्थाका अध्यक्ष महेश्वर श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सभाले आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विभिन्न पाँच वटा प्रस्ताव माथि छलफल गर्दै सर्वसम्मत पारित गरेको जनाएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले टोल विकास संस्थाको भूमिका बढाउनुपर्नेमा जोेड दिएका थिए । विगतमा टोल विकास संस्थाबाटै विकास योजना समेत सञ्चालन हुने गरेकोमा स्थानीय निर्वाचनपछि टोल विकास संस्थाहरु भूमिका विहीन जस्तै बन्न पुगेकोले टोल विकास संस्थाको परिचालन गरेर नगरका सेवा तथा विकास नगरवासीले नजिकबाट अनुभूति गर्ने अवसर प्रदान गर्नुपर्नेमा वक्तmाहरुको जोड थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस