२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नारायणी नदीमा फालेर हत्या गर्ने प्रयास असफल

२०७९ भाद्र १६, बिहिबार प्रकाशित ( साल अघि) २३२८ पाठक संख्या

परासी, १६ भदौ । पश्चिम नवलपरासीस्थित नारायणी नदीमा धकेलेर एक महिलालाई मार्ने प्रयास असफल भएको छ । प्रतापपुर गाउँपालिका-७ का बडेलाल गुप्ताले आफ्नै कान्छी श्रीमतीलाई गएराति नारायणी नदीमा डुंगाबाट धकेलेर मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
गुप्ताले सुस्ता गाउँपालिकाको रतनगञ्जस्थित स्थानीय तीन जना युवालाई रु ५० हजार रकम दिएर श्रीमती अञ्जलि जयसवाललाई गएराति करिब ११ बजेको समयमा डुंगाबाट धकेलेर मार्न लगाएका थिए  । तर डुंगाबाट धकेलिएर नदीमा खसेकी अञ्जलिलाई स्थानीयले उद्धार गरेका थिए ।
अञ्जलि बाँच्न सफल भएपछि मार्ने प्रयास असफल भएको हो । अञ्जुको राति नै बर्दघाट चौपत्तास्थित सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार गरिएको छ । उनको अवस्था हाल सामान्य रहेको माईति पक्षले जनाएको छ ।
घटनाका योजनाकार बडेलाल गुप्तालाई ईलाका प्रहरी कार्यालय बेलाटारीले पक्राउ गरेको छ भने अन्य तीनजना फरार छन् । उनीहरुको पहिचान भईसकेको र खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
अञ्जलि बडेलालकि कान्छि श्रीमती हुन् । रामग्राम-६ पोखरापाली माईति भएकि अञ्जलि र बडेलालको दुई वर्ष अघि भारतको ठुठिबारीमा भेट भएको थियोे । ठुटिबारीको एक कपडा पसलमा काम गर्ने अञ्जु र सोही स्थानमा समेत घर भएका बडेलालबीच भागि विवाह भएको थियोे । <span;>उनीहरू हाल भैरहवामा डेरा गरि बस्दै आएका छन्  ।
अञ्जलिको गर्भ बसेपछि बडेलालले गर्भपतन गर्न दबाब दिँदै आएको तर नमानेपछि सामान ल्याउने बहाना बनाई अञ्जुलाई नारायणी नदीमा फालेर मार्ने योजनाका साथ बुधबार भैरहवाबाट सुस्ता गाउँपालिकाको रतनगञ्ज पुर्याएको पीडित अञ्जलीले बयान दिएकि छिन् । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१७%२%१०%२१%३२%

प्रतिक्रिया दिनुहोस