२०८३ बैशाख १३, आईतबार
24 खबर अपडेट

भूमाफियालाई जग्गा दिने कार्य नगर्न राष्ट्रिय युवा संघ नवलपरासीको सचेत

२०७८ श्रावण १४, बिहिबार प्रकाशित ( साल अघि) ७५३ पाठक संख्या

परासी , १४ साउन । राष्ट्रिय युवा संघ पश्चिम नवलपरासीले बर्दघाट- २ स्थित चिसापानीको जग्गा बदनियत पूर्वक तरिकाले टेन्डर गरि भुमाफियाको हातमा पुर्याउने कार्य नगर्न राष्ट्रिय ग्रामीण आवास कम्पनीलाई सचेत गराएको छ ।
युवा संघले आज ग्रामीण आवास कम्पनीको नवलपरासी कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयवासी र दिव्यज्योति क्याम्पसले संरक्षण गर्दै आएको उक्त जग्गा स्थानीय तहको मातहतमा ल्याउन समेत माग गरेको छ ।
युवा संघका जिल्ला अध्यक्ष युवराज डुम्रेको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । युवा संघले उक्त जग्गा संरक्षणका लागि तारवार गर्ने जनाउँदै आवश्यक सहयोग गर्न सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।
साविक माकर २(ग) कित्ता नम्बर १३१० को आठ बिघा दुई कठ्ठा १२ धुर जग्गा संरक्षणका लागि स्थानीयवासीले चलाएको अभियानमा ऐेक्यवद्धता जनाउदै उक्त जग्गामा चिसापानी अस्पताल,ट्रमा सेन्टर निर्माण तथा स्थानीय सुकुम्बासीहरुको व्यवस्थापनमा प्रयोग गर्न ध्यानाकर्षण गराईएको संघका अध्यक्ष डुम्रेले बताउनुभयो । विगतमा तालाबन्दी गर्दा गरिएको सम्झौता कार्यान्वयन गर्न पनि युवा संघले माग गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस