२०८३ जेष्ठ ३१, आईतबार
24 खबर अपडेट

राष्ट्रिय युवा संघले पश्चिम नवलपरासीमा एकैदिन पाँच हजार विरुवा रोप्ने

२०७८ श्रावण ४, सोमबार प्रकाशित ( साल अघि) ११७० पाठक संख्या

परासी, ४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवक संगठन राष्ट्रिय युवा संघले घोषणा गरेको बृहत राष्ट्रिय वृक्षारोपण अभियान अन्र्तगत पश्चिम नवलपरासीमा एकैदिन पाँच हजार बढी बिरुवा रोपिने भएको छ ।
संघले यही साउन १६ गते बर्दघाट नगरपालिका ४ स्थित पारिजात सामुदायिक वन क्षेत्रमा पाँच हजार विरुवा रोप्ने तयारी गरेको जिल्ला अध्यक्ष युवराज डुम्रेले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको नाराका साथ देशैभरी युवा सघले पाँच लाख बढी विरुवा रोप्ने गरी राष्ट्रिय अभियान चलाएको छ । सोही क्रममा पार्टी तथा संगठनका पाँच सय बढीको सहभागितामा एकैपटक वृक्षारोपण गरिने राष्ट्रिय युवा संघका अध्यक्ष डुम्रेले बताउनुभयो ।
युवा संघले संगठन निर्माणसँगै रचनात्मक र सीर्जनशील काम गर्ने क्रममा वातावरण र पर्यावरण संरक्षण गर्र्न साथै तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष अघि घोषणा गरेको दुई करोड विरुवा रोप्ने अभियान सफल पार्न पनि राष्ट्रिय अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
वन क्षेत्रमा हर्राे, बर्राे, अमला, टिक लगायत पन्ध्र प्रजातिका विरुवा रापिने छ । उक्त अभियानमा सहभागि हुन संगठनले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस