२०८३ आश्विन १७, शनिबार
24 खबर अपडेट

प्रगतिशील ईन्जिनियरिङ्ग एशोसिएसनद्धारा शहीद विष्णु पाण्डे पार्कमा बृहत वृक्षारोपण

२०७८ श्रावण ४, सोमबार प्रकाशित (५ साल अघि) १३८६ पाठक संख्या

परासी, ४ साउन । ५९ औँ ईन्जिनियर दिवसको अवसर पारी पश्चिम नवलपरासीको सुनवल ५ वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे पार्कमा बृहत वृक्षारोपण गरिएको छ । प्रगतिशील ईन्जिनियरिङ्ग एशोसिएसन नेपाल(पिन) नवलपरासी शाखाको आयोजनामा शुभकामना आदानप्रदान तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरी ा पार्क परिसरमा विभिन्न प्रजातिका एक सय ५० बढी फलफूलका विरुवा रोपिएको हो ।
पिन जिल्ला कमिटी अध्यक्ष ईन्जिनियर राजु ढकालको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य एवं नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि अधिकारीले युवा ईन्जिनियरहरले पूर्वाधार क्षेत्रसँगसँगै वातावरण हरियाली बनाउने सन्दर्भमा पनि चासो देखाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले वृक्षारोपणसँगै यसको संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।
पूर्वाधार विकाससँगै वातावरण र पर्यावरण संरक्षण पनि आवश्यक रहेकोले ईन्जिनियरहरु मिलेर वृक्षारोपण गरिएको पिन अध्यक्ष ढकालले बताउनुभयो । उक्त अवसरमा नेकपा एमाले नवलपरासीका नेताहरु थानप्रसाद गैरे, विमला अर्याल, पिन लुम्बिनी प्रदेश अध्यक्ष जीवन अर्याल, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑