२०८३ आश्विन २९, बिहिबार
24 खबर अपडेट

१४ लाख बढीको अवैध मदिरा बरामद

२०८३ आश्विन २९, बिहिबार प्रकाशित (५ घण्टा अघि) १०१ पाठक संख्या

परासी,२९ असोज । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट भन्सार छली गरी भारतबाट ल्याइएको १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा प्रहरीले बरामद गरेको छ।
बिहीबार बिहान करिब ३ः४५ बजे गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा राखिएको मदिरा फेला पारेको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ११ वटा ठूला हरिया झोलामा ल्याउँदै गरेको मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।

बरामद मदिरामा ७५० मिलिलिटरका ७४२ बोतल ‘ओल्ड मङ्क’ रम रहेका छन्। प्रति बोतल अनुमानित दुई हजार रुपैयाँका दरले उक्त मदिराको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ कायम गरिएको छ।
बरामद मदिरा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑