२०८३ श्रावण १७, आईतबार
24 खबर अपडेट

हरपुरमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु

२०८३ श्रावण १७, आईतबार प्रकाशित ( घण्टा अघि) २१२ पाठक संख्या

परासी,१७ साउन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका- २ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सिद्धार्थ सिटी अस्पताल, भैरहवामा उपचारको क्रममा मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहानको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिस कुमार चमार र  रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ वस्ने ३६ वर्षीय कमल रानाको उपचार भईरहेको छ ।
भारतीय नम्बर प्लेटको  यूपी ५७ वीपी ४१६२नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँएको र  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस