२०८३ अषाढ १, सोमबार
24 खबर अपडेट

बर्दघाटबाट लागुऔषधसहित एक युवक पक्राउ

२०८३ अषाढ १, सोमबार प्रकाशित ( घण्टा अघि) १२७ पाठक संख्या

परासी, १ असार । नवलपरासी प्रहरीले ठूलो परिणामको लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. १३ स्थित मदनपुरमा जाँचका क्रममा एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय गोपी लोनिया रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो । बाटोमा हिँडिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा उनले बोकेको प्लास्टिकको झोलाभित्रबाट ठूलो परिमाणमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागुऔषधमा २ एमएलका डायजेपाम ४१५ एम्पुल, बुप्रेनोर्फिन ४१५ एम्पुल र ब्रोमोथाजिन हाइड्रोक्लोराइड ४१५ एम्पुल रहेका छन्।
प्रहरीले बरामद सामग्रीसहित लोहारलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। लोनियालाई लागुऔषध सम्बन्धी कसूरमा म्याद थप गरी जिल्ला अदालतबाट अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस