२०८३ बैशाख १३, आईतबार
24 खबर अपडेट

रास्वपा सरावल गाउँपालिकाको सभापतिमा वीरेन्द्र यादव

२०८३ बैशाख १३, आईतबार प्रकाशित ( घण्टा अघि) २९९ पाठक संख्या

परासी, १३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरावल गाउँपालिका समिति पश्चिम नवलपरासीको सभापतिमा वीरेन्द्र यादव चयन हुनुभएको छ । आइतबार सरावलमा सम्पन्न उक्त पार्टीको पालिका स्तरीय प्रथम भेलाले यादवको नेतृत्वमा ११ सदस्यीय पालिका तदर्थ समितिलाई पूर्णता दिएको हो ।
सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष यादव यसअघि रास्वपा सरावलको संयोजक रहनुभएको थियो । सभापति यादवले अब गाउँ–गाउँमा पुगेर संगठनलाई मजबुत बनाउने र आम नागरिकलाई वैकल्पिक राजनीतिको प्रत्याभूति गराउने अभियान सञ्चालन गरिने बताउनुभयो । सरावलका सबै वडाहरूमा पनि छिट्टै पार्टीको हवडा समितिहरु विस्तार गर्ने र स्थानीय विकास निर्माणका काममा निगरानी तथा सहजीकरण गर्ने कार्यलाई प्राथमिकता दिइने उहाँले उल्लेख गर्नुभयो ।
नवगठित समितिको उपसभापतिमा सरस्वती चौधरी,सचिवमा शेषनारायण चौधरी,कोषाध्यक्षमा दामोदर देवकोटा र सहसचिवमा अनिल कुमार अहिर यादव चयन हुनुभएको बताइएको छ । यस्तै सदस्यमा तारा खनाल,रिना सहानी,सुनिता वि.क.,अशोक कुमार गौड,चन्द्रशेखर सिंह चौधरी, अलंगिर धुनिया लगायत रहनुभएका सभापति यादवले जानकारी दिनुभयो ।

Ss

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रास्वपाका नेता एवं प्रतिनिधिसभा सदस्य विक्रम खनालले यस क्षेत्रको विकासमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको अपेक्षा अनुसार काम गर्न र स्थानीय समस्या समाधानका लागि पार्टी सधैं अग्रसर रहने विश्वास दिलाउनुभयो।
सभापति यादवकै अध्यक्षतमा भएको उक्त कार्यक्रममा रास्वपा नवलपरासीका सभापति रबी पाण्डेले संगठनको शुद्धीकरण र विस्तारमा जोड दिनुभयो भने जिल्ला सचिव अमर पाठकले पार्टीको आगामी कार्यदिशाबारे प्रकाश पार्नुभएको थियो । उक्त अवसरमा प्रदेश सदस्य हेमन्तराज न्यौपाने, शिव प्रसाद गैरे,जिल्ला सदस्य बाल कुमारी भण्डारी लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस