२०८३ बैशाख ३, बिहिबार
24 खबर अपडेट

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन नवलपरासी प्रशासनको निर्देशन

२०८२ माघ ६, मंगलबार प्रकाशित ( महिना अघि) २७८ पाठक संख्या

परासी,६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय, शान्तिपूर्ण तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले सर्वसाधारणलाई हातहतियार बुझाउन निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिहरूसँग रहेका इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउनुपर्ने जनाएको हो। इजाजत प्राप्त हातहतियार यही  माघ २० गतेभित्र नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनुपर्ने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले बताउनुभयो ।
निर्वाचन सम्पन्न भएको एक महिनापछि सम्बन्धित सुरक्षा निकायबाट आफ्नो हातहतियार फिर्ता लैजान सकिने उहाँले उल्लेख गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालयले तोकिएको समयभित्र हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिँदै सबै सरोकारवालालाई सूचनाको पालना गर्न आग्रह गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस