परासी, ११ फागुन । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ पिपरामा अवस्थित बालपुरी मन्दिर झकिझकाउ भएको छ । सोमबारबाट शुरु हुने तीन दिने धार्मिक कार्यक्रमका लागि मन्दिरलाई दुलही झ्याई सिंगारिएको हो ।
सोमबार विहानबाट उक्त मन्दिरमा प्राणप्रतिष्ठा एवं धार्मिक अनुष्ठानका कार्यक्रम हुँदैछन् । धार्मिक कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज कँडेलले जानकारी दिनुभयो ।
तीन दिने धार्मिक कार्यक्रम अन्र्तगत मन्दिर परिसरमा नवनिर्मित शिवलिंग, राधाकृष्ण,बुढानिलकण्ठ,गणेश, दुर्गा, पञ्चमुखी नाग, हनुमान सहितका मूर्तिहरुको एकैसाथ प्राणप्रतिष्ठा गरिँदै छ ।
धार्मिक कार्यक्रम अन्र्तगत पहिलो दिन सोमबार विहान ८ बजे बाजागाजासहित कलशयात्रा तथा हवन पाठपरायण हुने अध्यक्ष कँडेलले बताउनुभयो । यस्तै प्राणप्रतिष्ठा, महाआरती तथा महारुद्री, लाखबत्ती लगायतका पूजाआरधनाका कार्यक्रमहरु सफल बनाउन स्थानीय गाउँलेहरु जुटेका छन् ।
पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर निकै पूरानो मानिन्छ । मन्दिरमा रहेको विशेष शक्तिका कारण स्थानीयको आस्थाको केन्द्रको रुपमा विश्वास रहेको स्थानीय बताउँछन् ।
C1