परासी ,९ फागुन । लुम्वनी प्रदेश सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न शुरु गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान पश्चिम नवलपरासीमा पनि शुभारम्भ भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा प्रदेशका १२ वटै जिल्लका विभिन्न १७ वटा सामुदायिकक विद्यालयबाट पहिलो चरणको अभियान एकैसाथ सुरु भएको हो । अभियान अन्र्तगत प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, दुई पूर्वमुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि लगायतले आफूले अध्ययन थालेको विद्यालयमा पुगेर अभियानका सुरुवात गरेका छन् ।
पश्चिम नवलपरासीमा प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित जनजागृति माध्यमिक बिद्यालयबाट यो अभियानको शुभारम्भ गरिएको हो । उक्त अभियानको लुम्वनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सन्तुले उद्घाटन गर्नुभएको हो ।
मन्त्री कलवारले प्रदेश सरकारले अघि बढाएको सामुदायिक विद्यालयको गुणस्तर सुधार अभियानलाई सफल बनाउन जनसमुदायको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले प्रदेश सरकारले शैक्षिक सुधारका लागि ल्याएको यो अभियान कागजमा सीमित भन्दा पनि कार्यान्वयनमा प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
C1