२०८१ चैत्र ६, बिहिबार
24 खबर अपडेट

दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक : महामन्त्री थापा

२०८१ माघ १०, बिहिबार प्रकाशित ( महिना अघि) १७६ पाठक संख्या

परासी, १० माघ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने खालको बिषयगत शिक्षा आवश्यक रहेको बताउनु भएको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित सेमरीमा प्रस्तावित आदर्श क्याम्पसको भवन शिलान्यास गर्दै महामन्त्री थापाले राज्यले बिद्यालय तहमा सबै भन्दा बढी लगानी गरेपनि बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन हुन नसकेको उल्लेख गर्नु भयो ।
“नेपालका क्याम्पसहरु समुदायस्तरबाट संचालित छ्न,पछिल्लो समय विद्यार्थीको संख्या कम हुँदै गएको छ त्यसैले क्याम्पस खोल्ने भन्दा पनि रोजगारी हासिल गर्ने सक्ने खालको बिषय पठनपाठन गर्ने गरि क्यापसलाई चलाउन दीर्घकालीन योजना बनाउन आवश्यक छ,” थापाले भन्नुभयो ।
रोजगारी र आम्दानी दिन सक्ने खालको प्राविधिक शिक्षामा जोड दिनु पर्ने थापाको भनाई थियो ।सरकार आफैले कसैलाई रोजगारी दिन नसक्ने र यसका लागि बाताबरण तयार पार्ने काम मात्रै सरकारको भएको उहाँले बताउनु भयो ।“अहिले नेपालको मुख्य समस्या रोजगारी हो,सरकारले रोजगारी दिन्छु भन्यो भने ५ लाख जनशक्तिलाई रोजगारी दिनु पर्छ तर रोजगारी निजि क्षेत्रले दिने हो त्यसको बाताबरण सरकारले बनाईदिनु पर्छ,” महामन्त्री थापाले भन्नुभयो ।
“बजारको माग अर्कै छ हामिले अर्कै शिक्षा पढाइ रहेका छौँ,माग अनुसारको जनशक्ति उत्पादन हुने खालको शिक्षा लागू गर्न सके मात्रै क्याम्पस खोल्नुको सार्थकता हुन्छ“महामन्त्री थापाको भनाई थियो ।आम बिपन्न गरिब समुदायलाई लक्षित गरि यस क्षेत्रकै शैक्षिक धरोहरको रुपमा स्थापित हुने लक्ष्य सहित क्यापस स्थापना गर्न लागिएको प्रतापुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयो ।कार्यक्रममा लुम्बिनी प्रदेशका बन तथा बाताबरण मन्त्री देवकरण कलवार,पुर्वगृहराज्यमन्त्री देबेन्द्रराज कंडेल,लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल,प्रदेश साम्सद बिश्वप्रेम पाठक लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस