२०८१ मंसिर १८, मंगलबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

२०८१ कार्तिक १३, मंगलबार प्रकाशित ( महिना अघि) १६५ पाठक संख्या

परासी, १३ कात्तिक । पश्चिम नवलपरासीमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालयले तिहारको समयमा खेलिने देउसी भैलो लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु राति दश बजेसम्म मात्र खेल्न आग्रह गरेको हो ।
कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो । तिहारको समयमा समयमा दियो, मैनवत्ती, पाला एवं विद्युतीय उपकरणहरु बाल्दा आगलागि जस्ता विपद्का घटना हुन सक्नेतर्फ सचेत गराउँदै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्धारा जारी सूचनामा भनिएको छ, “दिपावली गर्दा पूर्ण रुपमा सजगता अपनाउन र देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले बेलुकी १०ः०० बजेसम्म गर्नु गराउनु हुन अनुरोध छ”
प्रजिअ श्रेष्ठले तिहार, नेपाल सम्बत तथा छठ लगायतका चाडपर्व मनाउने क्रममा शान्ति सुरक्षामा असर पार्ने गरी गतिविधि नगर्न समेत सचेत गराएको छ ।
“सार्वजनिक स्थलमा होहल्ला एवं झै–झगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति सुरक्षामा खलल पार्ने कानून विपरितका जुवातास,लङगुरबुर्जा खेल्ने÷खेलाउने, भुईचम्पा, पटका र आतिसवाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदुषण हुने विष्फोटक एवं प्रज्ज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण गर्ने, अखाद्य रंग मिलाइएका मिठाई, अस्वस्थ र गुणस्तरहीन खाद्य वस्तुहरुको बिक्री वितरण र उपभोग गर्ने लगायत कानूनले आयात र प्रयोग गर्न निषेध गरेका वस्तुहरुको प्रयोग र बिक्री वितरण गर्ने÷गराउने, कसैको इच्छा विपरितका क्रियाकलाप जस्ता कार्यहरु नगर्न÷नगराउनु हुन अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।
कानूनले निषेध गरेका गतिविधि गरे गराएमा कानून बमोजिम कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस