२०८३ आश्विन १६, शुक्रबार
24 खबर अपडेट

उबासंघ नवलपरासीले दुई सय अक्सिजन सिलिन्डरसहित पिसीआर मेसिन सञ्चालन गर्न भवन दिने

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित (५ साल अघि) १२९८ पाठक संख्या

परासी, ४ बैशाख – निजी क्षेत्रको  प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले पिसीआर परीक्षण मेशिन सञ्चालन गर्न आफनो भवन उपलब्ध गराउने भएको छ । संघीय सरकारले पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीलाई मेशिन उपलब्ध गराएको छ ।
१५ दिनअघि मेशिन आएपनि कोठा अभावले सञ्चालन आउन ढिलाई भएपछि उबासंघले आफ्नो भवन उपलब्ध गराउन लागेको संघका अध्यक्ष केशव भण्डारीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो । ‘हाम्रो भवनमा रहेको सभाहल र कोठा उपलब्ध गराउने जानकारी अस्पताललाई दिएका छौ, यथाशिघ्र मेसिन सञ्चालनको व्यवस्थाका लागि अस्पताल लाग्नु प¥यो ’अध्यक्ष भण्डारीले भन्नुभयो ।
जिल्लामा पिसीआर परीक्षण मेशिन नहुँदा बुटवल र भैरहवा जानुपर्ने बाध्यता छ । उवासंघले भवनका लागि सहयोग गर्ने जनाएको बताउँदै अन्य स्थानमा पनि खोजी भईरहेको र नपाईए त्यही लगेर सञ्चालन गर्ने अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले बताउनुभयो ।
यस्तै जिल्लामा अक्सिजन अभाव हुन नदिन संघले २ सय वटा अक्सिजन शिलिण्डर जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउने अध्यक्ष भण्डारीले बताउनुभयो ।
जिल्ला प्रशासनमा रहेका खाली शिलिण्डरमध्ये २ सय थान शिलिण्डरलाई रिफिल गरेर बुझाउन लागिएको अध्यक्ष भण्डारीले बताउनुभयो । जिल्लामा अक्सिजनको कमि हुन नदिनका लागि शिलिण्डर रिफिल गरेर दिन लागेको उवा संघले जनाएको छ ।
जिल्ला अस्पताल र सातै स्थानीय तहले सञ्चालन गरेका आइसोलसन सेन्टरमा अक्सिजन अभाव भएमा थप सहयोग गर्ने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%७%

प्रतिक्रिया दिनुहोस


↑