२०८३ जेष्ठ ३१, आईतबार
24 खबर अपडेट

वातावरण दिवसमा जेसीजद्धारा पाल्ही क्याम्पसमा वृक्षारोपण

२०७९ जेष्ठ २२, आईतबार प्रकाशित ( साल अघि) ८६६ पाठक संख्या

परासी,२२ जेठ । विश्व वातावरण दिवसको उपलक्ष्यमा पश्चिम नवलपरासीको परासी स्थित पाल्ही बहुमुखी क्याम्पसमा बृक्षारोपण गरिएको छ ।
दिवसको अवसरमा रामगाम जेसीज र रामग्राम महिला जेसीजले सामाजिक उत्तरदायित्व अन्तर्गत आज क्याम्पस परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

20220605_101356

वातावरण हराभरा बनाई बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न उक्त कार्यक्रम गरिएको रामग्राम जेसीजका अध्यक्ष अनिल उपाध्यायले बताउनुभयो ।क्याम्पस प्रांगणमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामग्राा जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार बस्यालले मानिस लगायत प्राणीको जीवनसँग जोडिएको रुख रोप्ने र संरक्षण गर्ने अभियान सबै व्यक्ति व्यक्तिले गर्नुपर्नेमा जोड दिनुभयो । रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने उहाँको भनाइ थियोे ।
उक्त अवसरमा क्याम्पस प्रमुख कैलाश ठाकुर, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी,रामग्राम जेसीजका निवर्तमान अध्यक्ष चन्द्रमणि चौधरी,रामग्राम महिला जेसीजकि निवर्तमान अध्यक्ष पुष्पा लामा,रामग्राम जेसीजका पूर्व अध्यक्ष पुरूषोत्तम ढकाल लगायतले वृक्षारोपणको महत्त्व बारे प्रकाश पार्नु भएको रामग्राम महिला जेसीजकि अध्यक्ष अनिता तिवारीले जानकारी दिनुभयो ।
कार्यक्रममा रामग्राम जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं कार्यक्रम संयोजक विष्णुराज रावको स्वागत,रामग्राम महिला जेसीजकि महासचिव विनिता खड्काको सञ्चालन र रामग्राम जेसीजका सह कोषाध्यक्ष निरज ज्ञवालीको आस्था पाठ रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस