२०८३ श्रावण २३, शनिबार
24 खबर अपडेट

प्रथम समिर क्षेत्री स्मृति कप खुल्ला फुटसल प्रतियोगिता सम्पन्न,सनराईज विजयी

२०७८ भाद्र १९, शनिबार प्रकाशित ( साल अघि) १५१८ पाठक संख्या

परासी, १९ भदौ । राष्ट्रिय युवा संघ नेपाल सुनवल नगरपालिका वडा न.१३ कमिटीको आयोजनामा प्रथम समिर क्षेत्री स्मृति कप खुल्ला फुटसल प्रतियोगिता आज सम्पन्न भएकाे छ ।
रामनगर एकेडेमीकाे खेल मैदानमा भएकाे उक्त प्रतियोगितामा सनराईज फुटबल क्लब विजयी भएको छ ।
खेलमा सनराईज फुटबल क्लब भुमही र राष्ट्रिय युवा सघ नेपाल सुनवल १३ वडा कमिटी बिच कडा प्रतिस्पर्धा भएकाे थियाे ।सनराईजले दुईका विरुद्ध ३ गाेल गर्दै राष्ट्रिय युवा सघ नेपाल सुनवल १३ वडा कमिटीलाई उपविजेतामा सीमित गरेको हो ।
विजयी टिमले नगद रु २० हजार, शिल्ड मेडल, प्रमाणपत्र र उपविजेता टिमले नगद रु १० हजार, शिल्ड मेडल, प्रमाणपत्र प्राप्त गरेको राष्ट्रिय युवा सघ नेपाल जिल्ला कमिटी पश्चिम नवलपरासीका कार्यालय सदस्य बिमल बगालेले जानकारी दिनुभयो ।
प्रतियोगितामा १६ टिमकाे सहभागिता रहेकाे थियो । राष्ट्रिय युवा संघ नेपाल वडा न.१३ कमिटि सुनवलका वडा सचिव सुशील उपाध्यायका अनुसार
राष्ट्रिय युवा संघ नेपाल वडा न.१३ कमिटी अध्यक्ष अध्यक्ष बिक्रम रामदामकाे अध्यक्षता तथा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्य र एन्फाका सहमहासचिव प्रकाश पगेनिकाे विशेष आतिथ्य रहेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस