२०८३ आश्विन १७, शनिबार
24 खबर अपडेट

परासीको मूख्य सडक निर्माणमा ढिलाई गर्दा सास्ती भएको भन्दै स्थानीयद्धारा विरोध

२०७८ श्रावण २२, शुक्रबार प्रकाशित (५ साल अघि) १०६४ पाठक संख्या

परासी, २२ साउन । सात वर्षशसडसम्म पनि सडक नबनाईएको भन्दै पश्चिम नवलपरासीको सदरमुकाम परासीका व्यवसायी र स्थानीयवासीले सडक अवरुद्ध गरुी विरोध जनाएका छन् । परासीको मूख्य सडक झरहीखोलादेखि बुद्धचोक हुँदै मनझरिया चोकसम्मको सम्मको सडक समयमै स्तरोन्नती नहुँदा स्थानीयवासीले धुलो र हिलाम्मेबाट सास्ती भोग्दै आएका छन् ।
आज रामग्रामको वडा नं. ५ स्थित वडा कार्यालय अगाडि पाल टाँगेर स्थानीयवासीले विरोध गर्नुका साथै सडकमा डोरी बाँधेर अवरोध गरेका थिए । सात वर्षदेखि बाटोको स्तरोन्नती नहुँदा आफूहरु धुलो र हिलोले हैरान भएकोले विरोध गर्नुृपरेको स्थानीय व्यवसायी एवं वडा नं. ४ का वडा सदस्य राजु देवानले गुनासो गर्नुभयो ।
शहरी विकास मन्त्रालयले चार वर्ष अघि उक्त सडक स्तरोन्नी गरी कालोपत्रे गर्न ठेक्का गरेको थियो । पटकपटक आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै स्थानीयहरु आन्दोलित भएको अर्का स्थानीय धीरज अग्रहरीले बताउनुभयो ।
निर्माणको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवा काठमाण्डौंले पटकपटक म्याद थप्दा पनि बाटो निर्माण गर्न सकेको छैन् । रामग्राम नगरपालिकाका जनप्रतिनिधि आफूहरुको कार्यक्षेत्र नभएको भन्दै पन्छीन नहुने स्थानीयको तर्क छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


↑