२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा एसपी केसीको नेतृत्वमा साढे १३ महिनामा रु सात करोड राजस्व दाखिला

२०७८ अषाढ १०, बिहिबार प्रकाशित ( साल अघि) ८५४ पाठक संख्या

मोहन पौडेल
परासी, १० असार – नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले चोरी तस्करी नियन्त्रण गर्ने क्रममा रु सात करोड राजस्व दाखिला गर्न सफल भएको छ । प्रहरी उपरीक्षक अजय केसी जिल्ला प्रहरी प्रमुख भएपछि साढे १३ महीनाको अवधिमा उक्त बराबरका सामान बरामद गरी भन्सार चलान गरिएको हो ।
प्रहरी उपरीक्षक केसीले आफ्नो कार्यकालमा खुल्ला सीमानाका कारण हुने गरेको चोरी तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकता दिनुभएको थियो । उहाँ जिल्लामा हाजिर भएपछि जिल्लाका विभिन्न स्थानबाट यस अवधिमा रु छ करोड ९९ लाख ६३ हजार १३५ मूल्य बराबरका अवैद्य वस्तु, काठ तथा नदीजन्य पदार्थको उत्खनन्को कारवाहीबाट प्राप्त राजस्व दाखिला भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त अवधिमा भन्सार छलेर नेपाल भित्राईएका रु छ करोड ६९ लाख ५७ हजार ५८३ मूल्य बराबरको हरियो केराउ, छोडा, मरिच, हार्डवेयरका सामान, कपडा, मोवाईल, सवारी साधनका पार्टपुर्जा लगायतका अवैद्य सामान नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि महेशपुर भन्सार चलान गरिएको छ ।
सोही अवधिमा जिल्लाका विभिन्न स्थानबाट रु तीन लाख २३ हजार ८४० मूल्य बराबरका अवैद्य काठ बरामद गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाईएको छ । प्रहरुीले नदीजन्य पदार्थको अवैद्य उत्खनन्लाई पनि विशेष निगरानी गर्दै आएको थियो ।
उक्त अवधिमा अवैद्य रुपमा नदीजन्य पदार्थको उत्खनन्मा संलग्न १०० टेक्टर, तीन वटा टिपर, दुई वटा स्काभेटर समेत गरी १०५ वटा सवारी साधन पक्राउ गरी आवश्यक कारवाहीका लागि सम्बन्धित स्थानीय तहलाई बुझाएको प्रनाउ लामाले बताउनुभयो । जसबाट रु २६ लाख ८१ हजार ७१२ राजस्व दाखिला भएको थियो ।
२०७७ वैशाख २४ गतेदेखि जिल्ला प्रहरी प्रमुखको रुपमा कार्यरत रहनुभएका प्रहरी उपरीक्षक केसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयमा सरुवा भएको छ । उहाँका कार्यकालमा शान्ति सुव्यवस्था, चोरी तस्करी नियन्त्रण तथा अपराधिक क्रियाकलापमा कमी आएको भन्दै जिल्लावासीले प्रशंसा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस