२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

हरकट्टामा खुल्ला क्रिकेट प्रतियोगिता र सांस्कृतिक कार्यक्रम शुरु, खुमन अधिकारीसहितका कलाकारको बेजोड प्रस्तुती

२०८० चैत्र १०, शनिबार प्रकाशित ( महिना अघि) ४३४ पाठक संख्या

परासी, १० चैत । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.१२ हरकट्टामा खुल्ला क्रिकेट प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ । हरकट्टा युवा समूह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको संयुक्त आयोजनामा आजदेखि शुरु भएको खुल्ला क्रिकेट प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा नगर प्रमुख अर्यालले खेलाडी र कलाकार उत्पादन तथा प्रोत्साहन गर्न सुनवल नगरपालिका अघि बढिरहेको बताउनुभयो । नगरपालिकाले प्रत्येक वर्ष विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको र त्यहाँबाट उत्पादन भएका खेलाडिले प्रदेश तथा राष्ट्रिय स्तरका खेलमा सहभागि पनि भएको बताउनुभयो ।
आगामी दिनमा यस क्षेत्रमा क्रिकेट मैदान निर्माण गर्न पहल गर्ने बताउँदै नगर प्रमुख अर्यालले नगरपालिकाले सबै क्षेत्रलाई उत्तिकै प्राथमिकता दिँदै विकास योजना अघि बढाएको उल्लेख गर्नुभयो ।
हरकट्टा युवा समूहका अध्यक्ष मीनप्रसाद बस्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नवलपरासीकी अध्यक्ष श्यामकला भण्डारीले खेलको माध्यमबाट शारीरिक तन्दुरुस्ति र सांस्कृतिक कार्यक्रमको माध्यमबाट मानसिक तन्दुरुस्ति राख्न खेल र सांस्कृतिक कार्यक्रमको संयोजन गरिएको बताउनुभयो । खेलाडि र कलाकार दुवै राष्ट्रका गौरव भएको बताउँदै अध्यक्ष भण्डारीले क्रिकेट प्रेमीहरुका लागि क्रिकेट प्रतियोगिता र लोक तथा दोहोरीगीतका प्रेमीहरुका लागि चर्चित कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम एकैपटक एकैस्थानमा आयोजना गरिएको बताउनुभयो ।
उक्त अवसरमा सुनवल १२ का वडा अध्यक्ष चुरामणि पौडेल, नवलपरासी क्रिकेट एसोसिएसनका सदस्य कमल भुसाल, दोहोरीगीत प्रतिष्ठान नवलपरासीका सचिव राजन क्षेत्री, सहकोषाध्यक्ष कृष्ण क्षेत्री नेपाली मान्छे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । आजको उद्घाटन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष एवं ख्याती प्राप्त दोहोरी गायक खुमन अधिकारी, गायिका सीता राना, शिलु भट्टराई,लक्ष्मी बस्नेत, सम्झना रणपाल, गायक भुवन अधिकारी, कृष्ण नेपाली लगायतको बेजोड प्रस्तुती रहेको थियो । उक्त प्रतियोगितामा २४ टिमको सहभागिता रहेको र आगामी चैत २० गतेसम्म प्रतियोगिता सञ्चालन हुने खेल संरक्षण राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको सुनवल नगर प्रमुख अर्यालले व्याटिङ र चर्चित गायक खुमन अधिकारीले बलिङ गरि उद्घाटन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस