२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

समृद्ध समुदाय विकास केन्द्रको २० औँ साधारणसभा सम्पन्न

२०८० आश्विन २१, आईतबार प्रकाशित ( महिना अघि) ३११ पाठक संख्या

देवदह,२१ असोज । रुपन्देहीको देवदहमा समृद्ध समुदाय विकास केन्द्रको २० औँ साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष ठाकुर घिमिरेको अध्यक्षता, केन्द्रका संरक्षक एवम देवदह नगरपालीकाका निवर्तमान प्रमुख हिरा खत्रीको प्रमुख आतिथ्यता,प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईको विशिष्ट आतिथ्यमामा देवदह-५, स्थित पाठक फुडल्यान्डमा २० औँ साधारण सभा सम्प्पन्न भएको हो l
“सक्रिय र समावेशी नागरिकका लागि देवदहमा युवा परिचालन”भन्ने नारा अन्तर्गत युवा परिचालन,सोचको विकास,अवस्थाको पहिचान सहितको योजना र सीप विकास को चरणमा युवाहरुलाई सशक्त,बनाइ स्थायी रोजगारका लागि देवदहका युवाहरुलाई तयार पार्ने अभियानमा कार्यरत संस्थाको साधारण सभा उद्घाटन संरक्षक एव देवदहका निवर्तमान नगर प्रमुखप्रमुख हिरा खत्री ले गरेका थिए l
खादामाला रहित साधारणसभामा संस्थाका अध्यक्ष घिमिरेले बार्षिकप्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए l कार्यक्रममा आ.ब. २०७९/८० को आय व्यय र आगामी आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गरिएको थियो l
कार्यक्रममा बोल्दै संस्थाका संरक्षक एव देवदह नगरपालिकाका निवर्तमान नगरप्रमुख हिरा बहादुर खत्रीले परिवर्तन अरुबाट सम्भव नभएको र सकारात्मक परिवर्तन आफूबाटनै सम्भव भएको बताउँदै सबै युवाहरूलाई सकारात्मक बाटोमा लाग्न आग्रह गरेको छन्। आजको युवाले सकारात्मक सम्बादको थालनी गर्नु पर्ने बताउँदै उनले युवाहरूलाई आयआर्जनमुखी काममा जोडिन आग्रह गरेका थिए।
युवाहरूमा दिन प्रतिदिन निराशा छाइरहेको र देशमा बस्ने मनोभाव हराउँदै गएकाले सबै युवाहरूलाई उद्दममा जोडिएर देशमै केही गर्ने हिम्मतका साथ अगाडि बढ्न लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले आग्रह गरेका थिए।
बिहानी सत्रको कार्यक्रममा सस्थाले स्थानीय ब्यवसायहरुमा व्यवस्थापन गरेको इन्टर्नसीपमा भोगेका चुनौती र अवसरको अनुभव आफ्ना उत्प्रेरकहरु संग साझा गरेका थिए र उत्प्रेरकहरुले चुनौतीका बिसयमा युवाहरुलाई उत्प्रेरणा प्रदान गरेका थिए l आफूले संस्थाबाट सिकेका जानेका कुरालाई आत्मसाथ गर्दै बिभिन्न क्षेत्रमा रोजगारको रुपमा काम गरिरहेको अनुभवहरू आदानप्रदान गरेका थिए।
देवदहका ६ वटा वडा र १ सामुदायिक बिद्यालयका पास समुहले तयार पारेका व्यवसायीक योजना हरु व्यवसायीमाझ प्रस्तुत गरेका थिए l देवदह नगरपालिकाका प्रवक्ता एव वडा न ५ का वडा अध्यक्ष गणेश डुम्रे, देवदह उद्योग बाणिज्य संघ देवदह का उपाध्यक्ष  मिना श्रेष्ठ र सदस्य दिपेन्द्र बराल , रेडियो देवदहका प्रमुख कार्यकारी तथा व्यवसायी दिपक न्यौपाने,पाठक फुड ल्याण्डका संचालक बिष्णु पाठक, युवा व्यवसायी चोलिमाया राना मगर, पुजा ढुंगाना, एव पत्रकार हरुले युवाहरुले तयार गरेका योजनामा पृष्ठपोषण गरेका थिए l
साधारण सभाले देवदहमा विद्यालय र बिद्यार्थी केन्द्रित फोहोरमैला व्यवस्थापन, गुणस्तरीय शिक्षा र त्रिदेशीय युवा स्वमसेवक आदानप्रदान परियोजना संचालन गर्ने निर्णय गर्दै कार्यसमितिको रिक्त उपाध्यक्षमा मनकला पाण्डे,सचिबमा अरुण अर्याल,कोषाध्यक्षमा बाबुराम बस्नेत र सदस्यमा बिष्णु पाठक एव रमेश पाण्डे लाइ नियुक्त गरेको छ l
कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता एव वडा न ५ का वडा अध्यक्ष गणेश डुम्रे, देवदह नगरपालिका वडा न.३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, दीपक न्यौपाने, लगायतले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रम संस्थाका व्यवस्थापक एव परियोजना संयोजक युवराज चापागाईँको सञ्चालनमा सम्पन्न भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस