२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पाल्हीनन्दन गाउँपालिकाद्धारा सामुदायिक विद्यालय अब्बल बनाउन विद्यालय बस हस्तान्तरण

२०७८ कार्तिक २७, शनिबार प्रकाशित ( साल अघि) ५९० पाठक संख्या

मोहन पौडेल/रासस
परासी, २७ कात्तिक – गाउँपालिका भित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पहिलो पटक सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिका भित्रका दुई वटा सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले राससलाई जानकारी दिनुभयो ।
पाल्हीनन्दन–२ स्थित हरपुर मावि र पाल्हीनन्दन– ६ स्थित सुकदेव मावि सनईलाई एक÷एक वटा विद्यालय बस  हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै अतिविपन्न विद्यार्थीको भविष्य सुनिश्चित गर्न हामीले बस सेवा थप गरेका हौँ”
शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । थप दुई वटा सामुदायिक विद्यालयलाई पनि केही दिन भित्र विद्यालय बस हस्तान्तरण गरिने गाउँपालिकाले जनाएको छ । भारतीय सीमासँग जोडिएको यो गाउँपालिका भित्र सामुदायिक विद्यालयमा पहिलो पटक विद्यालय बस सञ्चालन गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस