२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जेसीआई रामनगरको जेसीज सप्ताह समापन, उद्यमशीलतामा जोड दिन मेयर थापाको आग्रह

२०७८ कार्तिक २४, बुधबार प्रकाशित ( साल अघि) ७६७ पाठक संख्या

मोहन पौडेल
परासी, २४ कात्तिक । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगर प्रमुख भीम बहादुर थापाले क्षमता विकाससँगै उद्यमशीलतामा जोड दिन आग्रह गर्नुभएको छ । जेसीआई रामनगर वर्ष २०२१ द्धारा आयोजित जेसीज सप्ताहको समापन कार्यक्रमलाई आज भुमहीमा सम्बोधन गर्दै नगर प्रमुख थापाले जेसीजले युवाहरुको क्षमता विकास मात्रै नभई उद्यमशीलता र रोजगारीसँग जोडेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले जेसीजले वाचन गर्ने आस्था पाठ बोलीमा मात्र नभई व्यवहारमै लागू गर्नुपर्नेमा समेत जोड दिनुभयो । नगर प्रमुख थापाले कुनै पार्टी वा आस्था नहेरी ठीकलाई ठीक र बेठिकलाई बेठिक नै भन्न सक्नुपर्ने बताउनुभयो ।
जेसीआई रामनगर वर्ष २०२१की अध्यक्ष देवीकला कण्डेलको अध्यक्षता तथा नगर प्रमुख थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाई, रामनगर जेसीजका संस्थापक अध्यक्ष डोलराज भण्डारी, सुनवल–१२ का वडाध्यक्ष यामलाल पाण्डे, रामनगर जेसीजका पूर्वअध्यक्ष भोजराज पौडेल, रामग्राम जेसीजका अध्यक्ष चन्द्रमणि चौधरी, सप्ताहका मूल संयोजक कुस्माखर चापागाई, महासचिव भविश्वर चापागाई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
जेसीआई रामनगरले गत कात्तिक १७ गतेदेखि विभिन्न कार्यक्रम गरी सप्ताह सम्पन्न गरेको हो । सप्ताह अवधिमा सप्ताह उद्घाटन तथा शुभकामना आदानप्रदान, पवित्र बृद्धाआश्रममा खाद्यन्न वितरण, बिरुवा संरक्षण, रंगरोगन तथा दीप प्रज्वलन, शैक्षिक सामग्री वितरण, अन्तर विद्यालय चित्रकला प्रतियोगिता, उद्घोषण तालीम कार्यक्रम गरिएको जेसीआई रामनगरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस