२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाट- २ र ३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

२०७८ आश्विन २२, शुक्रबार प्रकाशित ( साल अघि) ७४४ पाठक संख्या

मोहन पौडेल
परासी, २२ असोज । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. २ र ३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । आज बर्दघाट २ चिसापानीस्थित नवनिर्मित वडा कार्यालय भवनको एक समारोहकाबीच बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले उद्घाटन गर्नुभएको हो ।
नागरिकको घरदैलोमा सेवा पुर्याउने नीति अनुरुप वडा कार्यालय भवन निर्माण गरिएको भन्दै नगर प्रमुख बस्यालले अब सेवा प्रवाह र सेवा ग्रहणमा पनि टेवा पुग्ने बताउनुभयो ।
वडा अध्यक्ष दया दर्लामिले सबैको सहयोगबाट भवन निर्माण गरिएको बताउँदै सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
कुल रु ४० लाख दश हजारको लागतमा भवन निर्माण भएको थियो । निर्माण समितिका सचिव लोकेन्द्रबहादुर चन्दका अनुसार भवन निर्माणका लागि आर्थिक वर्ष २०७२/०७३ नगरपालिकाबाट खोप केन्द्र भवन निर्माणका लागि रु एक लाख ५६ हजार, रु दुई लाख ४० हजार, जागृति आमा समूहबाट रु २० हजार १०५ र पन्ध्र सय ईट्टा, शहरी विकास मन्त्रालयबाट रु तीन लाख, २०७३/०७४ मा शहरी विकास मन्त्रालयबाट रु ६ लाख, बर्दघाट नगरपालिकाबाट रु दुई लाख, आव २०७६/०७७ मा वडा नं. २ को कार्यालयबाट रु ६ लाख, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट रु दुई लाख, २०७७/०७८ मा नगरपालिकाबाट रु दश लाख, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट रु एक लाख ९२ हजार, नगर प्रमुख धीरज शर्मा बस्यालबाट रंगरोगनका लागि एक लाख ९३ हजार २३०, चन्दा संकलन रु दुई लाख ५६ हजार ३४६, शिलालेखका लागि नगरपालिकाबाट रु ६२ हजार सहयोग प्राप्त भएको थियो ।
वडा नं. २ का वडाध्यक्ष दया दर्लामीको अध्यक्षता तथा नगर प्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्य, नेकपा एमालेका डिपि श्रेष्ठ, कांग्रेसका टुकबहादुर पौडेल, जनमुक्तिका चन्द्रबहादुर गाहा लगायतले शुभकामना व्यक्त गर्नभएके थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस