२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाट नगरपालिकाद्धारा अनुदानमा घाँसको बिउ वितरण

२०७८ आश्विन २२, शुक्रबार प्रकाशित ( साल अघि) ५८४ पाठक संख्या

मोहन पौडेल
परासी, २२ असोज । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पशुपालक कृषकहरुलाई हिँउदे वर्षिम घाँसको बिउ वितरण कार्य शुरु गरेको छ । आज एक कार्यक्रमका बीच नगर भित्रका व्यवसायिक तथा साना पशुपालक कृषकलाई अनुदानमा घाँसको बिउ उपलब्ध गराईएको हो ।
नगरपालिकको आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार हिँउदे जई र वर्षिम जातका घाँसको बिउ वितरण कार्य शुभारम्भ गरिएको नगरपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख भरत लम्सालले जानकारी दिनुभयो ।
कार्यक्रम अनुसार एक जना कृषकलाई अधिकतम विस केजी सम्म घाँसको बिउ उपलब्ध गराईएको छ ।
नगरपालिका भित्रै उत्पादन भएको जई जातको घाँस निःशुल्क उपलब्ध गराईएको छ भने वर्षिम जातको घाँसको बिउ पचास प्रतिशत लागत अनुदानमा उपलब्ध गराईएको उहाँले बताउनुभयो । यस वर्ष जई जातको घाँसको बिउ २५ क्वीन्टल र वर्षिम जातको घाँसको बिउ ४५ क्वीन्टल वितरण गर्ने लक्ष्य रहेको शाखा प्रमुख लम्सालले जानकारी दिनुभयो ।
पशुपालक कृषकलाई हरियो घाँसमा आधारित पशुपालनमा आकर्षित गर्न घाँसको बिउ अनुदानमा उपलब्ध गराईएको बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । नियमित रुपमा हरियो घाँस उपलब्ध गराउन सके पशुले पौष्टिक आहार पाउने , दाना र चापटमा हुने खर्चमा कमी हुनुका साथै दुध उत्पादनको लागतमा पनि कमी हुने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस