२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाटमा बजार अनुगमन,खुद्रा दर्ता गरि थोकको कारोबार

२०७८ आश्विन २०, बुधबार प्रकाशित ( साल अघि) ९४९ पाठक संख्या

परासी, २० असोज । नेपालीहरका मुख्य चाडपर्व नजिकिए सँगै पश्चिम नवलपरासीमा बजार अनुगमनलाई तीव्र पारिएको छ ।
चाडपर्वको मौका छोपि व्यवसायीहरुले कृत्रिम अभाव तथा मुल्य वृद्धि गरि उपभोक्ता ठगि गर्ने गरेको गुनासो बढेपछि जिल्ला बजार अनुगमन समितिले बजार अनुगमनलाई तीव्र बनाएको हो ।
यसैक्रममा आज बर्दघाट बजारका विभिन्न पसलहरुको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,जिल्ला प्रहरी कार्यालय,उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकार,सुरक्षाकर्मी सहितको टोलीले बर्दघाटका मिठाइ पसल,फेन्सी तथा खाद्यान्न गरि ८ वटा पसलको अनुगमन गरेको सहायक प्रजिअ माझीले बताउनुभयो ।
अनुगमनको क्रममा मिठाइ पसलमा टिनको डिब्बामा राखिएका ४० केजि रसवरि मिठाइ जफत गरि नष्ट गरिएको छ भने फेन्सी तथा खाद्यान्न पसलहरुले खुद्रा कारोबारको दर्ता गरेको तर अनुमति विनै थोक कारोबार गरि राजस्व छलि गरेको,उपभोक्ताले देख्ने गरि मूल्यसुचि तथा साईनबोर्ड नराखेको पाईएकोले सात दिन भित्र पुँजी वृद्धि र अन्य निर्देशन पालना गरि जिल्ला प्रशासनलाई जानकारी गराउन निर्देशन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्र प्रसाद भुसालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस