२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासीमा प्रहरी दिवस विशेष कार्यक्रम, प्रहरी नागरिकको आशा र भरोसा हो – प्रजिअ मिश्र

२०७८ आश्विन २०, बुधबार प्रकाशित ( साल अघि) ९०२ पाठक संख्या

मोहन पौडेल
परासी, २० असोज । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले नेपाल प्रहरी नागरिकको आशा र भरोसा रहेको बताउनुभएको छ ।
६६ ओैँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले आज परासीमा गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रजिअ मिश्रले कुनै पनि आपत विपद्मा नागरिकले सबैभन्दा पहिला प्रहरीलाई नै खोज्ने गरेकोले प्रहरीले नागरिकलाई गर्ने व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वमै उदाहरणीय रहेकोले प्रमाणमुखि र परिमाणमुखि अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधिको उच्चतम प्रयोग र कानुनी राज्यको स्थापनामा निरन्तर लाग्न उहाँले जोड दिनुभयो ।
राजनीतिक र सामाजिक दबाबबाट नआत्तिन आग्रह गर्दै प्रजिअ मिश्रले असल नियत र सेवा भावले गरेका कार्यमा आफ्नो सदैव साथ रहने बताउनुभयो । प्रहरीको मनोबल उच्च राख्नुपर्नेमा जोड दिदँँ उहाँले चाडपर्वको सुरक्षा व्यवस्था प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मनोज कुमार यादवले अमर प्रहरी र पूर्व प्रहरीको योगदानको उच्च सम्मान गरेको बताउनुभयो । समारोहमा अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो भने प्रदेश प्रहरी कार्यालयबाट सम्मानित डिएसपी राजु लामा,जिल्लाबाट पुरस्कृत प्रहरी निरीक्षक रामप्रसाद पाण्डे सहित प्रहरी अधिकृत र जवानहरुलाई पुरस्कार वितरण गरिएको थियोे ।
कार्यक्रममा पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष शम्भु उपाध्याय,नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले १७ गते वृक्षरोपण र तपाईंको मास्क खोइ अभियान, १८ गते रक्तदान, १९ गते अमर प्रहरी स्मारक उद्घाटन र आज दिवस विशेष कार्यक्रम आयोजना गरिएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस