२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

यूएमएन नवलपरासी कलस्टरको सामाजिक लेखापरीक्षण सम्पन्न

२०७८ आश्विन १९, मंगलबार प्रकाशित ( साल अघि) ९५१ पाठक संख्या

मोहन पौडेल
परासी, १९ असोज । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनाईटेड मिसन टु नेपाल (यूएमएन) नवलपरासी कलस्टरले सामाजिक लेखा परीक्षण गरेको छ । आज जिल्लाका सरोकारवालाको उपस्थितिमा भूमहीमा एक कार्यक्रम गरी संस्थाले गत आर्थिक वर्ष २०७७/०७८ मा गरेका क्रियाकलापको सामाजिक लेखापरीक्षण गरेको हो ।
स्वास्थ्य शिक्षा र सामुदायिक विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको उक्त संस्थाले स्थानीय गैरसरकारी संस्थाहरुको साझेदारीमा गत आवमा विभिन्न सात वटा परियोजना सञ्चालन गरेको थियो ।
संस्थाकी नवलपरासी प्रमुख सबु तामाङ्का अनुसार यूएमनले जिल्लाको पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा कार्यक्षेत्र बनाई ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट र सुनवल सामुदायिक विकास केन्द्र सुनवलको साझेदारीमा परियोजना सञ्चालन गरिरहेको छ ।
गत वर्ष एकिकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना, कोभिड १९ आपतकालीन प्रतिकार्य परियोजना, कोभिड १९ समुदाय प्रतिकार्य परियोजना, मानब बेचबिखन विरुद्धको परियोजना, सुशासन परियोजना, लैंगीक समानता परियोजना र प्राण परियोजना सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
यी परियोजनाको सञ्चालन पश्चात दुवै पालिकामा स्वास्थ्य सेवामा सुधार हुँदै गएको , अपांगता तथा अतिविपन्न वर्गका नागरिकको जीवनस्तरमा परिवर्तन हुन थालेको, शिक्षा, स्वास्थ्यमा पहुँच बृद्धि हुनुका साथै आयआर्जनमा पनि टेवा पुगेको यूएमनले जनाएको छ । कार्यक्रममा सहभागि लाभावन्ति समुदायले पनि परियोजनाहरु सञ्चालन भएपछि आफूहरुलाई सहयोग पुगेको बताएका थिए ।
संस्थाकी प्रमुख सबु तामाङको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक), प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अञ्जु चौधरी, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेल, कृषि ज्ञान केन्द्र परासीका प्रमुख सन्देश धिताल लगायतले परियोजनाका कार्यहरु प्रशंसनीय रहेको र सुशासन र पारदर्शितामा काम गरेको भन्दै खुशी व्यक्त गर्नुभएको थियोे ।
उक्त अवसरमा यूएमन केन्द्रिय कार्यालयका क्षितिज राज प्रसाई, जिल्ला स्थित परियोजना संयोजकहरु बालकृष्ण पाण्डे, ईश्वर केसी, तेज गैरे, कविता श्रेष्ठ लगायतले परियोजनाको उद्देश्य, क्रियाकलाप तथा उपलब्धीको बारेमा जानकारी गराउनुभएको थियो । यूएमएनले नेपालमा विगत ६७ वर्षदेखि सेवा गर्दै आएको छ ।
नवलपरासीमा २०७६ सालदेखि बर्दघाटमा कार्यालय स्थापना गरेको यो संस्थाले कोभिड नियन्त्रण अभियानमा महत्त्वपूर्ण कार्य गरेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस