२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनका २५० बाढी प्रभावित घरपरिवारलाई राहत वितरण

२०७८ आश्विन १८, सोमबार प्रकाशित ( साल अघि) ७७५ पाठक संख्या

परासी, १८ असोज । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बाढी प्रभावित २५० घरपरिवारलाई राहत वितरण गरिएको छ ।
असल छिमेकी संस्था कास्कीको आर्थिक सहयोग तथा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दीपक)को समन्वयमा बाढीबाट अति प्रभावित पाल्हीनन्दन -१का १०० घर परिवार र वडा न.३ का १५० गरि २५० घर परिवारलाई राहत बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक प्रदीप तिवारीका अनुसार प्रति एक परिवारलाई जिरा मसिनो उपकार ब्रान्ड बजरङगी चामल १ बोरा (२५किलो) ,उपकार ब्रान्डको चक्की आटा ५ किलो,चिउरा १किलो,खानेतेल सनफलावर NS ब्रान्ड २ लिटर ,ठुलो दाना रातो मसुरो दाल २किलो,नुन १ किलो,सर्जिकल माक्स १ बाक्स,गेडागुडी मिक्स१किलो,लुगाधुने साबुन ३पिस,डिटोल साबुन ७५ ग्रामको ३पिस गरि कुल जम्मा १० प्रकारको राहत सामग्री बितरण गरिएको हो।
असल छिमेकी संस्थाबाट माया महतो,सामाजिक परिचालक गौरव महतो र सामाजिक परिचालिका प्रमावती चौधरी समेतको सहभागिता थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस