२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

आँखा पाक्ने रोग (Conjuntivitis)को प्रकोप र बच्ने उपाय

२०८० श्रावण २०, शनिबार प्रकाशित ( साल अघि) ११२३ पाठक संख्या

परिचयः
आँखा पाक्ने रोग भाईरस तथा ब्याक्टरियाको कारणले हुने गरेको छ । यो हरेक बर्षायामको बरपर प्रकोपको रुपमा देखा पर्ने गरेको छ । हाल देखिएको आँखा पाक्ने रोग एडिनोभाईरसको कारणले भएको हो । भाइरसको कारणले गर्दा यो रोग एक ब्यक्तीबाट अर्को ब्यक्रीमा सजिलै सर्ने गर्दछ । परिवार हुँदै समुदायभरी नै फैलिन धेरै समय लाग्दैन । जसको कारण महामारीको रुप लिने गर्दछ । यो रोग जुनसुकै उमेर समुहका ब्यक्तीलाई लाग्न सक्छ ।

आँखा पाक्ने रोग कसरी सर्ने गर्दछ ?
– यो संक्रमित ब्यक्तीको आँसु, कचेराको माध्यायमबाट सर्ने गर्दछ ।
– संक्रमित ब्यक्तीले प्रयोग गरेको टावेल, साबुन , चश्मा र सरसमानहरु अर्को ब्यक्तीले प्रयोग गर्दा सर्न सक्छ ।
– एउटै सिरानी, एउटै बिस्तारा प्रयोग गर्दा सर्ने गर्दछ ।

यो रोग के गर्दा सर्देन?
सक्रमित ब्यक्ती संग संगै बस्दैमा , उ संग कुरा गर्दैमा, उसको आँखा हेर्दैमा यो रोग सर्देन ।

यो रोगका लक्षणहरु
– यसमा संक्रमित ब्यक्तीको आँखा चिलाउने, आँसु आउने, बिझाएको अनुभव हुने, चिप्रा आउने, आँखाको सेतो भाग रातो हुने गर्दछ ।
– आँखाको गेडि दुख्ने, परेला सुन्निने आदि हुन सक्छ ।
– कहिलेकाँही आसुमा रगत मिसिएर आउने गर्दछ ।

यसको उपचार के हुन सक्छ ?
– संक्रमित ब्यक्ती आइसोलेसनमा बस्ने, उसले प्रयोग गर्ने समानहरु छुट्टै प्रयोग गर्ने गर्नु पर्दछ ।
– परिवारलाई सर्न नदिनको लागी समयसमयमा साबुन पानीले हात धुनु पर्दछ । सेनिटाईजर प्रयोग गर्नु पर्दछ ।
– सक्रमित ब्यक्तीको आँखा चिसो पानी वा बरफले सेक्नु पर्दछ ।
– घर बाहिर जाँदा कालो चश्माको प्रयोग गर्नु पर्दछ ।
– संक्रमित आँखालाई छोएपछि राम्रो संग साबुन पानीले हात धुनु पर्दछ ।
– संक्रमित ब्यक्ती भिडभाड भएको ठाउँमा जानु हुदैन ।
– यदि बिद्यार्थीहरुमा यो समस्या देखिएमा स्कुल नपठाई तुरुन्त घरमा राखी उपचार गरिहाल्नु पर्दछ ।
– जथाभावी आफुखुसी औषधी किनेर प्रयोग गर्नु हुदैन ।
– यदि आँखामा सक्रमण देखिएमा हेलचेक्राई नगरी नजिकको आँखा अस्पताल वा आँखा उपचार केन्द्रमा गएर चिकित्सकको परामर्श लिनुपर्दछ ।

हाल डा. बिनोद निता कण्डेल आँखा अस्पतालमा दैनिक ३०० को हाराहारीमा बिरामी आउने गरेकोमा पछिल्लो समय करिव १५० जना आँखा पाक्ने समस्या रहेको देखिएको छ । डा. बिनोद निता कण्डेल आँखा अस्पताल यस रोगको बिरुद्धमा आफ्नो सम्पूर्ण श्रोतको परिचालन गरेको छ । साथै हाल अस्पतालले बिहान ९ः३० बजेदेखि साँझ ५ बजे सम्म सेवा प्रदान गर्दे आएको र त्यस पश्चात पनि इमर्जेन्सी सेवा मार्फत बिरामीको उपचार गर्दै आएको छ ।

लेखक पराजुली डा.विनोद निता कण्डेल आँखा अस्पताल परासीका व्यवस्थापक एवं नेत्र अधिकृत हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस