२०८२ फागुन १०, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा एकै वडाका ३३ जना नेता कार्यकर्ताद्धारा नेपाली कांग्रेसबाट सामूहिक राजीनामा

२०८२ फागुन १०, आईतबार प्रकाशित ( घण्टा अघि) १९८ पाठक संख्या

परासी, १० फागुन । नवलपरासीमा नेपाली कांग्रेसका जिल्ला सदस्यदेखि क्रियाशील सदस्यसम्मका एकै वडाका ३३ जनाले सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
सुस्ता गाउँपालिका वडा नं.५ मा निवासी नेपाली कांग्रेस वडा कार्यसमितिका पदाधिकारीदेखि जिल्ला सदस्यसम्मले एकैपटक सामूहिक रूपमा राजीनामा दिएका हुन् । वडा कार्यसमितिका सभापतिलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा पार्टीभित्र विगत केही समयदेखि देखिएको असन्तुष्टि, कार्यकर्ताको मनोभावको बेवास्ता तथा स्थानीय नेतृत्वको व्यवहारप्रति असहमति जनाइएको छ।
क्षेत्रीय नेतृत्वबाट केही व्यक्तिको प्रभावमा परेर आफ्नै क्षेत्रका कार्यकर्तामाथि जानकारीबिना कारबाही गरिएको, कार्यकर्तालाई दोषारोपण गरिएको तथा पार्टीभित्र अराजक प्रवृत्तिलाई संरक्षण गरिएको आरोप लगाइएको छ। यसले लामो समयदेखि पार्टीका विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएका कार्यकर्ताहरू निराश बनेको उल्लेख गरिएको छ।
उक्त कारणले आफूहरूलाई पार्टीमा बसिरहन सक्ने अवस्था सिर्जना नभएको भन्दै साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा पेश गरिएको जनाइएको छ। राजीनामा पत्रमा हालसम्म साथ र सहयोग गर्ने सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति धन्यवाद पनि व्यक्त गरिएको छ।
राजीनामा दिनेहरूमा जिल्ला सदस्य सतिशचन्द्र कुर्मी,प्रदेशसभा कार्यसमितिका सचिव सञ्जीत शर्मा, क्षेत्रीय प्रतिनिधि एवं जिल्ला समन्वय समितिका पूर्व सदस्य कृष्णबहादुर थापा मगर, सहित क्षेत्रीय पदाधिकारी, वडा कार्यसमिति सदस्य, सचिव, उपसभापति लगायत विभिन्न जिम्मेवारीमा रहेका नेता–कार्यकर्ता रहेका छन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नवलपरासी क्षेत्र नं. १ मा नेपाली कांग्रेस परित्याग गर्ने क्रम बढीरहेको छ ।

C1 C2

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस