२०८२ फागुन १०, आईतबार
24 खबर अपडेट

उम्मेदवार देवेन्द्र पौडेल भन्नुहुन्छ –‘नवलपरासीको मुहार फेर्ने गरी काम गर्छु’

२०८२ फागुन १०, आईतबार प्रकाशित ( घण्टा अघि) ८१ पाठक संख्या

परासी, १० फागुन । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् नवलपरासी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेलले पश्चिम नवलपरासीको विकास आफनो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
नवलपरासी रामग्राम, पाल्हीनन्दन लगायतका क्षेत्रमा मतदाता भेटघाट गर्दै नेता पौडेलले आफ्नो जिवन नै राजनीतिमा बितेको बताउँदै नवलपरासीको विकास पहिलो प्राथमिकतामा रहेको बताउनुभएको हो । ‘मेरो कुनै पेशा छैन म पूर्णकालिन राजनीतिमा छु,’ उहाँले भन्नुभयो, ‘राजनीति भनेको जनताको सेवक हुनु हो त्यसकारण नवलपरासीको मुहार फर्ने मेरो संकल्प छ ।’
चितवन र बुटलव पूर्वाधार विकासमा फड्को मारेको बताउँदै महेश्पुर नाकालाई पूर्ण रुपमा सञ्चालन गरी रोजगारीको सृजना गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘चितवन र बुटवल पूर्वाधार विकासमा धेरै अगाडी बढेका छन्,’ उहाँले भन्नुभयो, ‘क्षेत्र नं. २ मा पर्ने ४ वटा पालिकालाई देशकै नमुना बनाउने गरी काम अगाडी बढाउँछु ।’
नवलपरासीमा नागरिकताको समस्या अझै रहेको बताउँदै त्यसको समाधानका लागि काम गर्ने उहाँको भनाइ थियो । ‘पश्चिम नवलपरासीमा नागरिकताको समस्या रहेको मैले बुझेको छु,’ उहाँले भन्नुभयो, ‘संविधानले प्रत्येक नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गराउन नहुने भनेको छ । तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले नागरिकताको विषय समाधान गरेको छ ।’
शिक्षामन्त्री हुँदा विद्यालयका पूर्वाधार तथा आइसीटीको क्षेत्रमा नवलपरासी प्राथमिकतामा राखेको बताउँदै बन्न बाँकी पूर्वाधार निर्माण गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । नवलपरासीमा स्वास्थ्य, खानेपानी, सिँचाइको समस्या रहेको बताउँदै संघीय सरकारसँगको समन्वयमा समाधान गर्ने उम्मेदवार पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस