२०८२ माघ २६, आईतबार
24 खबर अपडेट

परासीमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

२०८२ माघ २६, आईतबार प्रकाशित ( घण्टा अघि) २४७ पाठक संख्या

परासी, २५ माघ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आइतबार दिउँसो भारतीय कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । रामग्राम–२स्थित वाइपास सडक हुँदै झरही पुलतर्फ जाँदै गरेको एनएल ०१ एन ३४४३ भारतीय नम्बर प्लेटको कन्टेनरले विपरित दिशाबाट आउँदै गरेको लु ३४ प ८३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक रुपन्देहीको रोहिणी गाउँपालिका–३ का ५० वर्षीय कलेश चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । ठक्कर दिने कन्टेनर र कन्टेनर चालक भारतको राजस्थान जिल्ला भरतपुर आलमसाग्राम वस्ने ३० वर्षीय सकिल शाहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%१%

प्रतिक्रिया दिनुहोस