२०८२ आश्विन २७, सोमबार
24 खबर अपडेट

परासी र बर्दघाटमा चाडपर्व लक्षित बजार अनुगमन

२०८२ आश्विन ८, बुधबार प्रकाशित ( हफ्ता अघि) ३४६ पाठक संख्या

मोहन पौडेल
परासी, ८ असोज । हिन्दु नेपालीका ठूला चाडपर्वहरु दशैँ, तिहार तथा छठलाई लक्षित गरी पश्चिम नवलपरासीमा बजार अनुगमन सुरु भएको छ । चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, महंगी तथा अखाद्य पदार्थको विक्री वितरणलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको हो ।
बुधबार जिल्ला सदरमुकाम परासी र बर्दघाट नगर क्षेत्रमा छुट्टाछुट्टै बजार अनुगमन गरिएको छ । सदरमुकाम परासीमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रहरी कार्यालयसहितको संयुक्त टोलीले बजार अनुगमन गरेको हो भने बर्दघाटमा बर्दघाट नगरपालिकाको नेतृत्वमा उद्योग व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चसहितको टोलीले अनुगमन गरेको हो ।

22

बजार अनुगमन गर्ने विशेष अधिकार स्थानीय तहलाई भएपनि परासी क्षेत्रका स्थानीय तहले बजार अनुगमन तर्फ चासो दिने गरेका छैनन् ।  जिल्ला बजार अनुगमन समितिले सदरमुकाम परासीका खाद्यन्न,होटल तथा रेष्टुरेण्ट, मिठाइ पसल, मासु तथा कपडा गरी १२ वटा पसलमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन पाण्डेयले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा खाद्यन्न पसलहरुमा म्याद गुज्रेका तथा लेभल नभएका वस्तुहरु जफत गरी नष्ट गरिएको थियो भने होटल तथा मिठाइ पसलका भान्साको सरसफाइमा ध्यान दिन ध्यानाकर्षण गराइएको कार्यालय प्रमुख पाण्डेयले बताउनुभयो ।

3

व्यवसायीलाई गुणस्तरीय वस्तुमात्र विक्री वितरण गर्न, सरसफाइमा ध्यान दिन, मूल्य सूची राख्न तथा म्याद गुज्रेका र लेवल नभएका वस्तु विक्री नगर्न निर्देशन गरिएको छ ।

चाडपर्वको समयमा उपभोक्ताको धेरै भीड हुने पसलहरुलाई लक्षित गरी बजार अनुगमन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले बताउनुभयो ।
बजार अनुगमन व्यवसायीलाई आतंक फैलाउने र तत्कालै जरिवाना गरेर तर्साउने उद्देश्यले नभइ बजारको आपूर्ति सन्तुलन, मूल्य तथा कालोबजार नियन्त्रण गर्ने गरी अनुगमनलाई प्राथमिकता दिएको प्रशासनले जनाएको छ ।
बर्दघाट नगरपालिकाले पनि चाडपर्वको समयमा हुने उपभोक्ता ठगीलाई रोक्न बुधबार खाद्यन्न पसलहरुको अनुगमन गरेको उपमेयर रुद्रप्रकाश उपाध्यायले जानकारी दिनुभयो । अनुगमनको क्रममा म्याद गुज्रेका तथा लेवल नभएका खाद्य वस्तुहरु जफत गरिएको थियो ।

अनुगमन टोलीले पसल दर्ता तथा नवीकरण,,मूल्यसूची, साइनबोर्ड राख्न निर्देशन समेत दिएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनुभयो ।

4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस