मोहन पौडेल
परासी, ७ असोज । लागूऔषधसहित तीन जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका–१ सिसहनियाबाट लागूऔषधको ओसारपसारमा संलग्न पति पत्नीसहित तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२९ वस्ने २१ वर्षीय रोहित सेन्चुरी,उनकी पत्नी १८ वर्षीय रोइरा सेन्चुरी भन्ने असिदा बेगम र सोही ठाउँ बस्ने ३९ वर्षीय बादल बस्याल रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट १३२ क्याप्सुल डाइजेपाम,१३२ एम्पुल बुप्रिनुफिन, १३२ एम्पुल प्रोमिथाजाइन नामक लागूऔषध बरामद भएको उहाँले बताउनुभयो । ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी गस्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको डिएसपी पन्तले जानकारी दिनुभयो ।