२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पाल्हीनन्दनको नीति तथा कार्यक्रम – करमा पचास प्रतिशत छुटदेखि छोरी बीमामा अनुदानसम्म

२०७८ अषाढ १०, बिहिबार प्रकाशित ( साल अघि) १३१९ पाठक संख्या

मोहन पौडेल
परासी, १० असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले चालु आवमा एकिकृत सम्पत्ती करमा पचास प्रतिशत छुट दिने भएको छ । गाउँपालिकाको आज सम्पन्न नवौँ गाउँसभामा आगामी आव २०७८०७९ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा उक्त जानकारी गराईएको हो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । चालु आवमा कोभिड १९ तथा अन्य विपद्लाई मध्यनजर गर्दै एकिकृत सम्पत्ति करमा पचास प्रतिशत छुट दिने नीति ल्याएको अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिईएको छ ।
जस अनुसार पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी आधुनिक सुविधा सम्पन्न स्वास्थ्य केन्द्र बनाईने भएको छ । गाउँपालिकाले चक्रपथ निर्माण गर्ने र यातायात गुरुयोजना निर्माणको क्रममा रहेको अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । गाउँपालिकाले एक वडा एक उत्पाादन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
युवाहरुलाई स्वरोजगार बनाउन ग्रामीण विकास कोष स्थापना गरिने भएको छ । पाल्ही मन्दिर अगाडिको पोखरी, नन्दन ताल, लोहरौली शिवमन्दिरको सुदृढीकरण एवं सौन्दर्यकरण गरी पर्यटक आकर्षण गरिने अध्यक्ष गुप्ताले बताउनुभयो ।
हरपुरमा निर्माणाधिन रंगशालाई आगामी वर्ष पूर्णता दिईने भएको छ । गाउँपालिका भित्रका कच्ची सडकलाई स्तरोन्नती गरिने भएको छ । पाल्हीनन्दन गाउँपालिकाको पहिचान र विशिष्टतासहितको स्थानीय पाठ्यक्रम बनाई लागू गरिने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
सुत्केरी महिलालाई स्वास्थ्य पोषण युक्त सन्तुलित आहारका लागि थप रु एक हजारका दरले पोषण भत्ता उपलब्ध गराईने भएको छ । गाउँपालिकाले आगामी वर्षदेखि जन्मिने छोरीलाई बिमाका लागि पचास प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले शव दाह गृह बनाउने भएको छ भने विपन्न परिवारलाई ग्याँस चुल्हो वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनुभयो । व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरिने भएको छ । सभामा उपाध्यक्ष पावित्री कोंहारले आगामी वर्षको बजेट पेश गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%८%१%८%१%

प्रतिक्रिया दिनुहोस