२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुस्ताको नवौँ गाउँसभा – नीति तथा कार्यक्रम पारित, स्वास्थ्य, पूर्वाधार र स्वरोजगारलाई प्राथमिकता

२०७८ अषाढ ८, मंगलबार प्रकाशित ( साल अघि) ६५९ पाठक संख्या

मोहन पौडेल
परासी, ८ असार । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको नवौँ गाउँसभा आजदेखि शुरु भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य, पूर्वाधार, र स्वरोजगारलाई विशेष प्राथमिकता दिईएको छ भने कृषि, पर्यटन पनि प्राथमिकतामा रहेको गाउँपालिका अध्यक्ष पाण्डेले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
स्वास्थ्य अन्र्तगत ७० वर्षका माथीका ज्येष्ठ नागरिकलाई पाक्षिक रुपमा सबै वडामा स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम बनाईएको छ । उनीहरुलाई सुगर र प्रेसरका बिरामीलाई निःशुल्क् औषधी वितरण गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।
प्रत्येक स्वास्थ्य संस्थामा आवश्यकता अनुसार बर्थिङ् वा प्याथोलोली सेवा विस्तार गर्ने नीति लिईएको छ । कोभिड १९ का कारण बेरोजगार भएका युवाहरुको लागि गाउँपालिकामै रोजगारी दिने कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।विदेश पलायनलाई रोक्न उक्त कार्यक्रमलाई उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो ।
नीति तथा कार्यक्रममा जनता हाम्रो भर बिपन्नलाई सुरक्षित घर आवास कार्यक्रम,स्वच्छ र हरित गाउँपालिका,सुस्ताको चाहाना कृषि पशुपालनमा सम्भावना,ज्येष्ट नागरिकसँग स्वास्थ्यकर्मी,कृषकको साथी प्राबिधिक,पर्यटकीय गन्तव्यको बिकास,भ्रष्टाचारमुक्त जनताप्रति जवाफदेही गाउँपालिका प्रशासन,स्वच्छ सुन्दर,समृद्व सुस्ता सुखी सुस्ताबासी जस्ता कार्यक्रम समावेश गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
कृषितर्फ किसानका उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गरी सम्भव भएसम्म गाउँपालिकाले खरीद गर्ने नीति अघि सारिएको छ ।भौतिक पुर्वधारतर्फ खानेपानी, सडकलाई प्राथमिकता दिईएको छ ।
पर्यटनतर्फ ऐतिहासिक धार्मिक स्थल चुहाडीमा थारु संग्रालय, अनोमाघाटमा बुद्धर्पाक निर्माण गर्ने, मदारबाबा क्षेत्र र सुस्ता ३ र ४ बिगैपमा बहुउद्देश्यीय पोखरी निर्माण सहितका योेजना समावेश गरिएको छ । अध्यक्ष नमूना सडक, शीत भण्डार यसै वर्ष सम्पन्न गर्ने, वडा नं १ मा कर्भड हल निर्माण गर्ने, वडा कार्यालय नभएका स्थानमा वडा कार्यालय बनाउने निर्णय पनि गरिएको छ ।
शिक्षा तथा खेलकुद तर्फ आवश्यकता अनुसार सामुदायिक बिद्यालय स्थापना,निःशुल्क तथा गुणस्तरीय शिक्षा,विद्यार्थी अनुपात शिक्षकको दरबन्दी,खेलाडी उत्पादन र सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएको प्रमख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालले जानकारी दिनुभयो ।
सभाका सदस्यहरुले बार्षिक नीति तथा कार्यक्रम समग्र क्षेत्रलाई समेटेर आएको र समावेशीकरण रहेकोले समर्थन गरिरएको प्रतिक्रिया दिएका थिए । सभामा गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले स्वागत र योजना तथा प्रशासन शाखा प्रमुख बिष्णु प्रसाद ढकालले सहजीकरण गर्नुभएको थियो । गाउँपालिकाको आगामी आवको बजेट बिहीबार पेश हुने गाउँपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस