२०८२ श्रावण ३, शुक्रबार
24 खबर अपडेट

रामग्राम चारले मनायो वडा स्थापना दिवस : कृषि,शिक्षा र स्वास्थ्यको विकासमा जोड दिन यादवको आग्रह

२०८२ श्रावण ३, शुक्रबार प्रकाशित ( घण्टा अघि) १२१ पाठक संख्या

परासी, २ साउन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका चार नम्बर वडाले पहिलोपटक आफ्नो स्थापना दिवस मनाएको छ । वडा अध्यक्ष मदन यादव निर्वाचित भएको आठ वर्षपछि वडा स्थापना दिवस मनाइएको हो ।
वैरिहवास्थित वडा कार्यालय परिसरमा विहीबार साँझ आयोजित समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री रामवचन यादवले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपालमा विकासले गति लिएको तर शीर्ष नेताहरुको कार्यशैलीका कारण जनतामा निराशा छाएको दाबी गर्नुभयो । उहाँले तीनै तहका सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर विकास गर्नुपर्नमा जोड दिनुभयो । संविधानसभा सदस्य यादव पूर्व रक्षाराज्यमन्त्री एवं महिला तथा बालबालिका राज्यमन्त्री हुनुहुन्छ ।
रामग्राम–४ का वडा अध्यक्ष मदन यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडाको विकासमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । वडा भित्र भौतिक निर्माणको क्रममा आफ्नो घर भत्काएर सहयोग गर्ने, शैक्षिक क्षेत्रमा योगदान पु¥याएका, पूर्व वडा अध्यक्ष, निवर्तमान वडा सदस्य, पत्रकार एवं सामाजिक क्षेत्रमा योगदान गरेकाहरूलाई सम्मान गरिएको वडा सदस्य एवं कार्यक्रम संयोजक प्रभुलाल मौर्यले जानकारी दिनुभयो ।

3

उक्त अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवार, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल), रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी,जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, रामग्राम–१५ का वडा अध्यक्ष धनपत यादव, मूलपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको वडा सचिव विष्णुकुमार आलेले जानकारी दिनुभयो ।
यसैबीच बैरिहवामा निर्माण सम्पन्न भएको रामग्राम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नवनिर्मित भवनको पनि विहीबार नै उद्घाटन गरिएको छ । भवनको नगर प्रमुख धनपत यादवले उद्घाटन गर्नुभएको हो । संस्थाका अध्यक्ष रामकुण्डल यादवको निधन भएपछि समिति भने नेतृत्व विहिन छ ।

2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस