२०८३ बैशाख १०, बिहिबार
24 खबर अपडेट

लेजर प्रविधिद्वारा बिगत डेढ बर्षदेखि पायल्सको सफल उपचार गर्दै सेन्ट्रल अस्पताल चितवन

२०८२ अषाढ १२, बिहिबार प्रकाशित (0 महिना अघि) ६०१ पाठक संख्या

परासी । पछिल्लो समय मानिसको खानपान र जिवनशैलिका कारण धेरै मानिसमा पायल्सको समस्या बढ्दो रुपमा देखिन थालेको छ । पहिले आयुर्वेदिक र प्राकृतिक लगाएत विभिन्न विधिबाट पायल्सको उपचार गरिन्थ्यो तर अचेल आधुनिक लेजर प्रविधिबाट समेत यसको सफल उपचार र शल्यक्रीया हुँदै आएको छ । लेजर प्रविधि मार्फत गरिने उपचार प्रभाबकारी हुने चिकित्सक बताउँछन ।

चितवन जिल्लामै पहिलो पटक १८ महिना अघि पायल्सको उपचारका लागि अत्याधुनिक लेजर प्रविधि भित्र्याएको सेन्ट्रल हस्पिटल चितवनमा पायल्स,फिसर,फिस्टुला,भेरिकोज भेनका बिरामिहरुको संख्या बढ्दै गएको अस्पताल प्रशासनले बताएको छ ।

“चिरफार गरेर उपचार गर्न डराउने बिरामीहरु लेजर प्रविधिको जानकारी पछि निर्धक्कले उपचार गर्ने गरेका छन” अस्पतालका बरिस्ठ जेनेरल,ल्याप्रोस्कोपी तथा लेजर सर्जन डाक्टर सुर्य ज्योती श्रेष्ठले भने । डा.श्रेष्ठका अनुसार बिगत १८ महिना देखि सेन्ट्रल अस्पतालमा लेजर प्रबिधि मार्फत हजारौंको संख्यामा बिरामिको सफल उपचार भईसकेको छ ।

लेजर प्रविधिबाट उपचार गर्दा शारीरिक दुखाई पनि कम हुने र छोटो समयमै बिरामी सामान्य जिवनशैलीमा फर्कने बताउँदै डाक्टर श्रेष्ठले लाजका कारण रोग पालेर राख्दा जटिल अवस्था निम्तिन सक्ने भएकाले समयमै रोगको निदान गर्नुपर्ने बताए ।

Messenger_creation_9B2C1153 28D4 4D0E BC75 F3141996035B

शल्यक्रियाको डरले भरिएर आएका बिरामी लेजर प्रविधिको प्रयोग पछि मुस्कुराउँदै बिदा हुने गरेको अनुभवले पनि यो प्रविधि सफल रहेको जिकिर डा.श्रेष्ठको छ । फिस्टुला,फिसर र भेरिकोज भेनका बिरामी भन्दा तुलनात्मक रुपमा पायल्सका बिरामीहरुको संख्या बढी रहेको डा.श्रेष्ठले जानकारी दिए ।

लेजर प्रविधि के हो ?

लेजर प्रविधि शल्यक्रियाकै एउटै पाटो हो । चिरफार नगरी विशेष प्रकारको विकिरणद्वारा उपचार गरिने प्रविधिलाई लेजर भनिन्छ । पायल्स,फिसर,फिस्टुलाको मात्र हैन यो उपचार विधि मिर्गौलाको शल्यक्रिया र प्रोस्टेट सम्बन्धी शल्यक्रियामा पनि प्रयोग गरिन्छ ।

लेजर एउटा इलेकट्रोनिक उपकरण हो, जसले विद्युतिय माध्यमबाट पराबैजनी किरण निकाली शरीरमा भएका अनावश्यक टिस्युलाई सुकाउने काम गर्छ । मलद्वार सम्बन्धी रोगमा यो प्रबिधी उपयोगी सिद्ध भएको छ ।

कस्तो अवस्थामा यो विधि प्रयोग हुन्छ ?

मलद्वार बाहिर मासु निस्कन्छ, रगत बग्छ भने त्यो पायल्सको लक्षण हुन सक्छ । यस्तो लक्षण देखिए विशेषज्ञ चिकित्सकको सल्लाहमा पायल्स नै हो भनेर ठम्याउन सकिन्छ । त्यसपछि मात्र कस्तो उपचार विधि अपनाउने भन्ने कुरा तय हुन्छ ।

मलद्वारमा घाउ भएको छ र मलद्वारभित्र मासु पलाएको अवस्थामा लेजर प्रविधिले उपचार सजिलो र छिटो हुन्छ । तर मासु मलद्वारभन्दा बाहिर निस्किएको छ र भित्र ठेल्दा पनि जाँदैन भने उपचार नै गाह्रो हुन्छ ।

कति प्रभावकारी छ ?

उपचार कति प्रभावकारी हुन्छ भन्ने कुरा बिरामीको अवस्था कस्तो छ , उमेर कति छ, मोटोपना छ की छैन, जीवनशैली कस्तो छ र अन्य दीर्घ रोग छ की छैन यी सबै कुराले तय गर्छ । तर, भित्री पायल्समा यो उपचार पद्धति बढी प्रभावकारी हुन्छ ।

यो उपचार विधिमा शल्यक्रिया गर्दा जस्तो ठुलो घाउ बनाइँदैन, सानो घाउ बनाइन्छ । घाउ सानो हुने भएकाले एन्टिबायोटिक औषधि पनि थोरै चलाए पुग्छ । बिरामी चाँडै निको हुने भएकाले अस्पतालमा भर्ना गरेर धेरै दिन बस्नु पर्दैन । घाउ सानो हुने भएकाले संक्रमण हुने सम्भावना कम हुन्छ । साथै घाउको दाग कम बस्छ यस हिसावले अन्य उपचार प्रविधिको तुलनामा यो प्रविधि प्रभावकारी नै छ ।

पायल्स रोगिले अपनाउनुपर्ने सावधानी के हो ?

पायल्सको उपचार पछि अपनाउनु पर्ने सावधानी मध्ये सबैभन्दा प्रमुख सावधानी कब्जियत हुन नदिनु हो । कब्जियत हुन नदिन खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ ।

पायल्सको उपचारपछि यो खाना हुन्न त्यो खान हुन्न भनेर बार्ने चलन छ । तर सामान्य व्यक्तिले खान मिल्ने खानेकुरा बिरामीले पनि खान मिल्छ । दाल, भात, तरकारी, माछा, मासु लगायतका प्राकृतिक खानेकुरा खान मिल्छ । मैदाजन्य खानेकुरा, प्याकेट बन्द खानेकुरा, प्रशोधित खानेकुरा र बाहिरको धेरै चिल्लो पिरो खानेकुरा भने बार्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस