२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पाल्हीनन्दनको रमपुरवाका कृषकलाई कृषि उपकरण वितरण

२०७८ अषाढ ५, शनिबार प्रकाशित ( साल अघि) ६४२ पाठक संख्या

परासी, ५ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका- १ का कृषकलाई कृषि यन्त्र उपकरण वितरण गरिएको छ ।
रमपुरवाका धान पकेट कार्यक्रममा आवद्ध किसान र समूहलाई आज गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले कृषि यन्त्र तथा उपकरण वितरण गर्नुभएको हो ।
धानखेती प्रविधिमा प्रयोग हुने पम्पसेट २२ थान,सिँचाइ मोटर ५ थान,डेलिवरी पाईप ६ क्विन्टल,चापकटर-१० थान,जैविक मल-४० प्याकेट,जिङक-३२५ किलो ,भिटामिन कीट-३०० बोतल ,झारपातनाशक विषादि-६०प्याकेट वितरण गरिएको हो ।
धान उत्पादनमा वृद्धि गरी उत्पादकत्व बढाउन र किसानहरूको जीवनस्तरमा सुधार ल्याउन धान व्लक कार्यक्रम सञ्चालन गरिएको हो ।
खेतीमा आधुनिकीकरण तथा यान्त्रिकीकरण मार्फत उत्पादनमा जोड दिन र उत्पादन लागत घटाउन उपकरण हस्तान्तरण गरिएको अध्यक्ष गुप्ताले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
उपकरणहरू प्रयोगमा ल्याउन उहाँले जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस