२०८२ बैशाख २६, शुक्रबार
24 खबर अपडेट

परासीको लिटिल एञ्जेल्स माविमा जुनियर रेडक्रस सर्कल पुनःगठन

२०८२ बैशाख २६, शुक्रबार प्रकाशित ( घण्टा अघि) ६५ पाठक संख्या

परासी, २६ वैशाख । परासीको लिटिल एञ्जेल्स माविमा जुनियर रेडक्रस सर्कलको पुनःगठन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी परासी उपशाखाको सक्रियतामा विद्यालयमा विहीबार भएको विद्यार्थीहरुको एक भेलाले विभान अधिकारीको अध्यक्षतामा जुरेसको नयाँ कार्यसमिति गठन गरेको हो ।
नवगठित समितिको उपसभापतिमा आशिष कुमार शर्मा,सचिवमा गौरी पासवान,कोषाध्यक्षमा सौर्य गुप्ता,सहसचिवमा राजन कहाँर, सहकोषाध्यक्षमा मुस्कान शाह रहनुभएको छ ।
यस्तै सदस्यहरुमा साहिस पन्त,सार्थक कुँवर,अंकिता शर्मा,पूर्णिामा चौधरी लगायत रहनुभएको छ । सर्कलको संरक्षकमा विद्यालयका प्रधानाध्यापक सुमन गोपाल आचार्य र शिक्षक नायकमा हेमन्त अर्याल रहनुभएको छ ।
विद्यालयका प्रधनाध्यापक आचार्यको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सदस्य एवं जुरेस÷युरेस संयोजक घनश्याम प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा यादवले रेडक्रसको महत्व, जुरेसको गठन प्रक्रिया, बैठक सञ्चालन, क्रियाकलाप लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी परासी उपशाखाका सभापति सन्दिप अग्रहरी, सचिव बसन्त पराजुली,प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोग सदस्य मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस