२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

निःशुल्क तातोपानी र चिया अभियान २७ औँ दिनमा समापन

२०७८ अषाढ १, मंगलबार प्रकाशित ( साल अघि) ७३७ पाठक संख्या

मोहन पौडेल
परासी, १ असार । पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा कोभिड बिरामीको चाप बढेपछि सञ्चालन गरिएको निःशुल्क तातोपानी तथा चियाको व्यवस्था २७ औँ दिनमा समापन गरिएको छ ।
गत जेठ ६ गतेदेखि पिस क्लब ईन्टरनेशनल र हेल्पिङ्ग हेन्ड्स परासीले अस्पतालका बिरामी ,कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क तातोपानी र चिया उपलब्ध गराउँदै आएको थियो ।
शुरुवातको समयमा अस्पतालमा उपचाररत बिरामी र कुरुवाले तातोपानी र चिया पिउन नपाएकोले सामाजिक उत्तरदायित्व बहन गर्दै संयुक्त रुपमा यो अभियान सञ्चालन गरिएको तर हाल जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा केही खुकुलो बनाएर अत्यावश्यक वस्तु तथा सेवाका पसल खोल्न दिनुका साथै अस्पतालमा कोभिडका विरामी पनि घटेपछि हाललाई आजबाट अभियान समापन गरिएको पिस क्लब ईन्टरनेशनलका अध्यक्ष शम्भु उपाध्यायले जानकारी दिनुभयो ।
उक्त समयमा अस्पतालको क्यान्टिन बन्द रहनुका साथै निषेधाज्ञाका कारण पसल व्यवसाय पनि बन्द रहेको अवस्थालाई मध्य नजर गर्दै उक्त सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
अस्पतालको दक्षिण गेट नजिकको मन्दिर परिसरमा सञ्चालित उक्त सेवा अन्र्तगत दुई जना सहयोगी मार्फत आयुर्वेदिक चिया र वाटर डिस्पेन्सनमार्फत तातोपानीको व्यवस्था गरिएको थियो । अभियानमा परासी क्षेत्रका समाजसेवीहरुको सहयोग रहेको थियो ।
अभियानमा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै केही दिनमा कार्यक्रम आयोजना गरी सहयोग गर्ने सबैलाई सम्मान गरिने हेल्पिङ्ग हेन्ड्स परासीका अध्यक्ष सञ्जय शर्माले जानकारी दिनुभयो । आवश्यक परे फेरि पनि उक्त अभियान चलाईने उहाँले बताउनुभयो ।
उक्त सेवाबाट अस्पतालमा आउने बिरामी र कुरुवालाई राहत पुगेको थियो । अभियान मार्फत दैनिक पाँच सय कप चिया र तातोपानी खपत हुने गरेको क्लबका कोषाध्यक्ष चन्द्रप्रकाश गुप्ताले बताउनुभयो । समापनको अवसरमाा क्लवका महासचिव बेचु गौड, सचिव राजेश गुप्ता, कोषाध्यक्ष चन्द्रप्रकाश गुप्ता लगायतको पनि सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस