२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

मानव अधिकार तथा शान्ति समाजद्धारा रक्तदान र खाजा बितरण

२०७८ जेष्ठ ३१, सोमबार प्रकाशित ( साल अघि) ८७४ पाठक संख्या

प्रकाश न्यौपाने
बर्दघाट, ३१ जेठ । मानव अधिकार तथा शान्ति समाजले अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा सोमबार बर्दघाटमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १ जना महिला र १६ जना पुरुष गरि १७ जनाले रक्तदान गरेको समाजका सभापति सन्तोष अधिकारीले जनाकारी दिनुभयो
कार्यक्रममा वोल्दै प्रमुख अतिथि वर्दघाटका नगर प्रमुख धीरज शर्मा बस्यालले बर्दघाट नगरबासीलाइ जुनसुकै वेलापनि रगत आवस्यक परेमा निःशुल्क रुपमा रगत उपलब्ध हुने वातावरण मिलाईएको बताउनुभयो ।
उहाँले बर्दघाट क्षेत्रमा रहेका विभिन्न संघ सस्थाहरुसँग समन्वय गरी रेडक्रसले नियमित रुपमा रक्तदान कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
रक्तदान जीवन दान यसैमा छ सबैको योगदान भन्ने मुल नारा सहित रक्तदान गरिएको हो ।
रगत कै कारण कोहि कसैले पनि ज्यान गुमाउन नपरोस् भनी रक्तदान कार्यक्रमको आयोजना गरिएको अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार २० बर्ष देखि ५५ बर्ष उमेर समूहका नागरिकले रगतदान गर्नु भएको थियो । अहिले विभिन्न अस्पतालहरुमा ’फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको अधिकारीले बताउनुभयो । पछिल्लो समयमा समाजले विभिन्न किसिमका समाजिक कार्य तथा नागरिकका सरोकारसँग सम्बन्धित विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी वर्दघाटको प्राबिधिक सहयोग र समन्वयमा रक्तदान सम्पन्न भएको हो । समाजका उपाध्यक्ष दिनेस न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सहसचिव प्रकाश न्यौपानेले गर्नुभएको थियो । साथै समाजले बर्दघाट ४ मा रहेको मुसहर टोलमा रहेका ५० जना वालवालिकालाई खाजा नास्ता वितरण गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस