२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

मुठीदानबाट संकलित खाद्यन्न विपन्नलाई हस्तान्तरण

२०७८ जेष्ठ ३०, आईतबार प्रकाशित ( साल अघि) ९११ पाठक संख्या

महेश यादव/ दैनिक 24 खबर
सरावल,३० जेष्ठ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा एविसि नेपालद्धारा सञ्चालित सवांद केन्द्रहरुले सञ्चालन गरेको मुठ्ठीदान कार्यक्रमबाट संकलित खाद्यान्न गरिब तथा अति विपन्न परिवारहरुलाई हस्तान्तरण गरिएको छ ।
कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्टको जोखिमका कारण निषेधाज्ञा जारी भएपछि समस्यामा परेका गरिब तथा अति विपन्न घरपरिवारहरुलाई सहयोग गर्न १५ वटा संवाद केन्द्रहरुले पालिका भित्र मुठिदान कार्यक्रम सञ्चालन गरेका थिए ।
सवांद केन्द्रका किशोर किशोरी तथा एनिमेटरहरुले मुठ्ठीदान कार्यक्रमबाट संकलित खाद्यान्नलाई आइतबार एक कार्यक्रमका बीच सरावल गाउपालिकाका गरिब तथा विपन्न १० घरपरिवारहरुलाई वितरण गरिएको हो ।
सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरी तथा गाउँपालिका उपाध्यक्ष उत्तमा राय र संवाद केन्द्रका किशोर किशोरीहरुको उपस्थितिमा आज खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले एबिसि नेपाल र संवाद केन्द्रका किशोर किशोरीहरुले महामारीको अवस्थामा थालेको अभियानले सरावल गाउँपालिका भित्रका गरिब तथा अति विपन्न परिवारलाई थोरै भएपनि राहत महसुस भएको बताउँदै आगामी दिनमा पनि सेवा र सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सवाद केन्द्रका अभियन्ताहरुले कोरोनाको दोस्रो चरणको नयाँ भेरियन्टले गर्दा मानिसको जनजीवनमा असर परेको र यस विषम परिस्थितिमा दैनिक ज्यालादारि गरि जीवनयापन गर्नमा कठिनाई भएको अवस्थालाई मध्य नजर गर्दै यस संवाद केन्द्रका किशोर किशोरीहरुले आफ्नो ज्यान जोखममा पार्दै स्वस्थ्य सतर्कता अपनाई सञ्चालन गरेको मुठ्ठीदान कार्यक्रमबाट संकलित खाद्यान्न सामग्री पालिका भित्रका गरिव तथा विपन्न घरपरिवारलाई लक्षित गरि एक छाक टार्न सहयोग पुगोस् भनि सहयोग गरेको बताएका थिए ।
संवाद केन्द्रले संकलन गरेको खाधान्नबाट प्रती घर परिवारलाई ७ किलो चामल, २ किलो आलु, ११ किलो गहु, १ किलो नुन, १ किलो भुजा लगायतका राहत स्वरुप सहयोग गरिएको एविसि नेपालका सुपरभाइजर साइदा निशा पठानले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस