२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

मुडेरास्थित गोठमा आगलागी, लाखौँको क्षति

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित ( साल अघि) ६८७ पाठक संख्या

मोहन पौडेल
परासी, २८ जेठ – नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका—२ स्थित मुडेरामा आगलागी हुँदा रु सात लाख बढीको क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन् ।
मुडेरास्थित कुलबहादुर हरिजनको गोठमा गएराति आगलागी भएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले दैनिक 24 खबर डटकमलाई बताउनुभयो । गाउँपालिका अध्यक्ष गुप्ताले आगलागी स्थलको स्थलगत अवलोकन गर्दै दुःख व्यक्त गर्नुभयो ।
राति करिब पौने एघार बजे भएको आगलागीबाट गोठमा रहेका एउटा भैँसी र एउटा पाडी जलेर गम्भीर घाईते भएका छन् भने नजिकै रहेको टेक्टरको अगाडिको भाग पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
खरको छानोले छाएको कच्ची गोठ जलेर पूर्ण नष्ट भएको छ । कुलबहादुर सोही स्थानमा सुत्ने गरेकोले आगोलागीबाट घर भित्री रहेका कपडा, खाट, सिलाई मेसिन लगायत जिन्सी सामान, नगद रु डेढ लाख, टेक्टरको रु चार लाख, भैँसी करिब रु डेढ लाख गरी सात लाख बढीको क्षति भएको पाल्हीनन्दन गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति प्रदीप तिवारीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
सुतिरहेको बेला लागलागी भएकोले यहाँ खाना पकाउने वा आगोजन्य गतिविधि नहुने गरेको तथा नजिकमा बिजुलीको पोल पनि नभएकोले आगलागी कसरी भयो भन्ने यकिन नभएको घरधनी कुलबहादुरले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस