२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

मौलिकताले भरिएको तीज गीत “छोरीलाई तीज” बजारमा (भिडियो)

२०८१ श्रावण २७, आईतबार प्रकाशित ( महिना अघि) १३८ पाठक संख्या

मोहन पौडेल
परासी, २७ साउन । नेपाली हिन्दु नारीहरुको मूख्य पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । पछिल्लो समय समाजले पचाउनै नसक्ने छाडा प्रकृतिका गीतहरुका कारण सांगीतिक क्षेत्र आलोचित हुँदै गईरहेका बेला तीजका गीतको भीडमा छुट्टै पहिचान छोड्ने गरि “छोरीलाई तीज” नामक मौलिक तीज गीत सार्वजनिक भएको छ ।
तीजका गीतमा भित्रिएको विृकतिका कारण चिन्ता बढिरहेको बेला गायक भरत क्षेत्री र महेन्द्र रेग्मीले मौलिकताले भरिएको तीज गीत छोरीलाई तीज बजारमा ल्याउनुभएको हो । पछिल्लो समय घरपरिवारसँगै बसेर हेर्न र सुन्न नसकिने गीतले बजार तातिरहेका बेला आम नागरिकले अश्लिलता हटाएर मौलिकपना भरिएको गीतको माग गरिरहेको सन्दर्भमा मौलिकता भरिएको छोरीलाई तीज नामक गीत सार्वजनिक गरिएको हो ।
भरत क्षेत्री यूट्युब च्यानलबाट आईतबार सार्वजनिक गरिएको यस गीतमा देवी घर्ति र महेन्द्र रेग्मीको स्वर सुन्न पाईन्छ भने शब्द संगीत महेन्द्र रेग्मीको रहेको छ । भरत क्षेत्री र बिमला न्यौपानेको मूख्य अभिनय रहेको यो गीतको म्युजिक भिडियोको सम्पादन निर्देशक विष्णु भट्टराईले गर्नुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका पूर्व अध्यक्ष समेत रहनुभएका क्षेत्रीले यसअघि पनि करिब आठ वटा मौलिक तीज गीत बजारमा ल्याउनुभएको थियो । गायन र अभियनमा दख्खल राख्ने क्षेत्रीको रचना र अभिनयमा हालसम्म तीन दर्जन बढी दोहोरी तथा तीजका गीत सार्वजनिक भईसकेका छन् । नेपाली लोक दोहारी तथा तीजका गीतमा मौलिकताको संरक्षण र प्रवद्र्धनमा सहयोग हुने गरि आफूले गीत संगीतको रचना गर्दै आएको गायक क्षेत्री बताउनुहुन्छ ।

(भिडियो)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस