२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

सिद्धार्थ बैंकद्धारा पवन माविका जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण

२०८१ अषाढ २१, बिहिबार प्रकाशित ( महिना अघि) २०४ पाठक संख्या

परासी, २० असार । सिद्धार्थ बैंक लिमिटेड परासी शाखाले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको छ। बैंकले परासीस्थित पवन माविका ५० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई आज विद्यालय पोशाक हस्तान्तरण गरेको हो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत जेहेन्दार विद्यार्थीहरुलाई पोशाक वितरण गरेको सिद्धार्थ बैंक लिमिटेड परासी शाखाका प्रबन्धक कृष्ण गौतमले बताउनुभयो । पोशाकका कारण पढाईमा ध्यान केन्द्रीत गर्न नसकेका विद्यार्थीलाई अब गुणस्तरीय शिक्षा हासिल गर्न टेवा पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उक्त विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका प्रबन्धक गौतमले आगामी दिनमा पनि बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत प्रभावकारी सामाजिक कार्यहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक अरविन्द पाठकले पोशाक वितरण गरेर विद्यार्थीलाई हौसला बढाएकोमा सिद्धार्थ बैंकलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा निरन्तर लागिपरेको बताउनुभयो । हालै प्रकाशित एसईईको नतिजामा पवन मावि रामग्राम नगरपालिकामै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताउँदै प्रधानाध्यापक पाठकले आगामी दिनमा पवन माविको विगतको ईतिहास फर्काउने गरि लागिरहेको दाबी गर्नुभयो । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र स्थानीय सरकार सवैले पहल गर्नुपर्नेमा उहाँको जोड थियो ।
बैंकका प्रबन्धक गौतमको अध्यक्षता तथा पवन माविकी शिक्षक अभिभावक संघकी अध्यक्ष सोविता श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा शिक्षक भोजबहादुर चौधरी, तोरेन्द्र जिसी, सामाजिक अभियान्ता रबी पाण्डे, बैंकका कर्जा अधिकृत प्रदीप पौडेल लगायतले शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा चर्चा गर्नुभएको थियो ।
सिद्धार्थ बैंकले परासीमा २०७२ सालदेखि शाखा सञ्चालन गर्दै आएको छ । सन् २००१ मा स्थापना भएको राष्ट्रिय स्तरको क वर्गको यो बैंकले देशभर करिब २०० शाखाहरु मार्फत सर्वसुलभ बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस