२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पुरानो नक्सा भएका पाठ्यपुस्तक बिक्री गर्नेलाई कारबाही गर्न निर्देशन

२०७८ जेष्ठ २६, बुधबार प्रकाशित ( साल अघि) ५६४ पाठक संख्या

काठमाडौँ,२६जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्यपुस्तक जफत गर्न र त्यसमा संलग्नलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।
पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आज सम्पन्न ८८ औ भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी  नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पछि सो निर्देशन दिनुभएको हो ।
मन्त्री श्रेष्ठले ती प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभयो  ।
बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तक अभाव हुन नदिन सुचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृति दिन समेत निर्देशन दिनुभएको छ ।
बैठकले विभिन्न विषयका कक्षा ६–८को पाठ्यक्रम स्वीकृत गरेको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस