२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लायन्स क्लबद्धारा परासीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

२०७८ जेष्ठ २५, मंगलबार प्रकाशित ( साल अघि) १०५९ पाठक संख्या

मोहन पौडेल
परासी, २५ जेठ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आज बृहत रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लव ईन्टरनेशनलको स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा सुरक्षाकर्मी, सर्वसाधारण लगायत ५२ जनाले रक्तदान गरेका छन् ।
परासी क्षेत्रमा क्रियाशिल लायन्स क्लवहरु लायन्स क्लव अफ नवलपरासी रामग्राम, लायन्स क्लव अफ नवलपरासी, लायन्स क्लव अफ रामग्राम शान्तिभूमि र लायन्स क्लव अफ नवलपरासी प्रोफेस्नलको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाजको सहयोग र नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र जिल्ला शाखा परासी र बुटवल शाखाको प्राविधिक सहयोग रहेको कार्यक्रम सयोजक एवं लायन्स क्लव अफ नवलपरासीकी संस्थापक अध्यक्ष सम्झना चौधरीले बताउनुभयो । कोरोना महामारीको समयमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको लायन्स क्लव अफ नवलपरासी प्रोफेस्नलका अध्यक्ष नगेन्द्र अग्रहरीले दैनिक 24 खबर डटकमलाई बताउनुभयो ।
अग्रहरीकै अध्यक्षतामा भएको उक्त कार्यक्रमममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले अहिलेको यो विषम परिस्थितिमा पनि रक्तदान कार्यक्रम गरी मानवीय सेवा गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँल यो समयमा मानवीय सेवाका हातहरु बढाउँदै जानुपर्ने आवश्यकता रहेको बताउँदै सेवालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ विटु नेपालका डिष्ट्रिक कोर्डिनेटर श्याम बस्याल, लायन्स क्लव अफ नवलपरासीकी संस्थापक अध्यक्ष सम्झना चौधरी लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो भने स्वयम्सेवी रक्तदाता समाज बुटवलका अध्यक्ष कृष्ण चौहानले रक्तदान सम्बन्धि जानकारीको पुस्तक प्रदान गर्नुभएको थियो ।
विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आएको लायन्स क्लवले यो महामारीको समयमा कुनै पनि नागरिकले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरिएको डिष्ट्रिक कोर्डिनेटर श्याम बस्यालले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
उक्त अवसरमा प्रहरी युक्ती तालिम महाविद्यालय जर्गाहाका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसी, शसस्त्र प्रहरी उपरीक्षक महेश अधिकारी, रक्तसञ्चार केन्द्रका संयोजक सुरज केसी लगायतको सहभागिता रहेको थियो । रक्तदाताहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस